नारायणीको ९ करोड बचत
हेटौंडा, २७ कात्तिक/नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको २०औं वार्षिक साधारणसभा शनिबार हेटौंडामा सम्पन्न भएको छ । कार्यक्रममा सहकारीको कुल बचत ९ करोड ५४ लाख ९१ हजार ७ सय रुपैया“ रहेको बताईएको छ ।
यस्तै, सहकारीको शेयर पू“जी २ करोड ४५ लाख ६१ हजार रुपैया“ रहेको अध्यक्ष रामहरी न्यौपानेले जानकारी
दिए । सहकारीले गत आर्थिक वर्षमा ९ करोड रुपैया“ ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । सहकारीमा पुरुष ६ सय ६७ र महिला ४ सय ६८ गरी जम्मा १ हजार १ सय ३५ जना शेयर सदस्य रहेको देखिन्छ । कार्यक्रममा अध्यक्ष न्यौपानेले राहत कोषबाट सदस्यको देहावसान भएमा चालु आवबाट २० हजार रुपैया“ सहयोग गर्ने निर्णय भएको जानकारी दिए । यस्तै, ७५ वर्ष उमेर पुगेका सहकारीका सदस्यहरुलाई मासिक ५ सय रुपैया“को दरले साधारणसभामा ६ हजार रुपैया“ उपलब्ध गराउने जानकारी दिए । कार्यक्रममा सहकारीले मानव सेवा आश्रमलाई वार्षिक साधारणसभाको अवसरमा ११ हजार १ सय ११ रुपैया“ सहयोग गरेको छ । यस्तै, सहकारीले पुष्पराज दाहाल, खेमनाथ खतिवडालाई जेष्ठ नागरिक सम्मान गरेको छ । यस्तै, सहकारीले एसएलसी परीक्षामा उत्कृष्ट अंक सहित उत्तिर्ण भएका शेयर सदस्यका छोराछोरी सम्पदा घिमिरे, अली सेढाई, वर्षाद घिमिरे, मुस्कान हाडा, श्रुति महर्जन, श्रृष्टि महर्जन, प्रयास निरौलालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । यस्तै, असल मासिक बचतकर्तामा विष्णुलाल श्रेष्ठ, असल ऋणी माया तामाङ, असल खुत्रुके बचतकर्ता खुसी पौडेललाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष रामहरी न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी संघका सञ्चालक तथा जिल्ला सहकारी संघका अध्यक्ष बद्री लम्सालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा थाहा नगरपालिकाका कार्यकारी अधिकृत भीम बहादुर परियार, उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल, मानव सेवा आश्रमका प्रमुख रामजी अधिकारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहकारीका उपाध्यक्ष हरिप्रसाद वाग्लेले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

