रोट¥याक्टको कार्यशाला गोष्ठि
हेटौंडा, २७ कात्तिक/रोट¥याक्ट क्लव अफ मकवानपुरको आयोजनामा समाज रुपान्तरणका लागि युवाको नेतृत्व विकास विषयक एक दिवशीय कार्यशाला गोष्ठि शनिबार सम्पन्न भएको छ ।
रोट¥याक्ट क्लब अफ हेटौँडाका अध्यक्ष अनुराग अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लब अफ हेटौँडाका पूर्व अध्यक्ष रोटरीयन हरिबहादुर महतको प्रमुख अतिथ्यता रहेको थियो । देशको विकाश र परिवर्तनको लागि युवाहरु एकजुट भएर लाग्नुपर्ने बताउँदै रोट¥याक्ट क्लब अफ हेटौँडाका अध्यक्ष अधिकारीले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा रोट¥याक्ट क्लब अफ वीरगंज, रोट¥याक्ट क्लब अफ मकवापुर र रोट¥याक्ट क्लब अफल हेटौँडाका गरी ३६ जनाले सहभागिता जनाएका थिए ।

