Header Ads


नेकपा माओवादी केन्द्रको वडा भेला

हेटौंडा/नेकपा माओवादी केन्द्र मकवानपुर अन्तर्गत हेटौंडा–९ मा वडा भेला सम्पन्न भएको छ । 
वडा भेलाले तीर्र्थथापा मगरको संयोजकत्वमा ४१ सदस्य वडा सम्मेलन आयोजक समिति गठन गरिएको छ । जसमा सहसंयोजक झलकविक्रम शाह चयन भएका छन् भने सदस्यहरुमा युवानाथ गौतम, विष्णु लामिछाने, प्रदिप पराजुलि, रामबाबु घिमिरे, किरण सुवेदी, रञ्जना श्रेष्ठ, हरि देउजा, गंगा श्रेष्ठ, रविन्द्र नेपाल, दीपा अर्याल, श्याम लामा, कृष्ण नेपाली रहेका छन् । पार्टीका केन्द्रिय सल्लाहकार शम्बुविक्रम लामाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रिय सदस्य एव्म् मकवानपुर जिल्ला संयोजक प्रेमबहादुर पुलामी छिन्तुको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा केन्द्रिय सदस्य एवम् उपमहानगरपालिका कमिटी संयोजक कमानसिं पाख्रिन ‘पृृथक’, केन्द्रिय सदस्य प्रकाश पौडेल र ललित घलानको आतिथ्यता रहेको थियो । 
Powered by Blogger.