‘कर्मचारीहरुको पारिश्रमिक बृद्धि गर्न आवश्यक’
हेटौंडा, २७ कात्तिक/नेपाल निजामती कर्मचारी संगठनको आधिकारीक ट्रेड युनियन अध्यक्ष पूण्यप्रसाद ढकाल सरकारले कर्मचारीहरुको पारिश्रमिक बृद्धि गर्न आवश्यक रहेको बताए ।
नेपाल निजामती कर्मचारी संगठन मकवानपुरको १० औं जिल्ला अधिवेशनमा प्रमुख अतिथि रहेका ढकालले राज्यको पुर्नसंरचनाअनुसार कर्मचारीहरुलाई प्रादेशिक क्षेत्रमा खटाईदा एकतह बढुवा गर्न सरकारसंग माग गरिने बताए । कार्यक्रममा नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सचिव भवानी खतिवडा विशिष्ट अतिथी रहेको थियो भने संगठनकै केन्द्रिय सदस्य गौतम
पोखरेल, नारायण थापा, त्यसैगरि जिल्ला कार्यसमितीका पूर्व अध्यक्ष मिनप्रसाद चौलागाई, विष्णु पौडेल, यादव गजुरेल लगायतको आतिथ्यता रहेको थियो । उद्घाटन सत्र अध्यक्ष विष्णुप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो । यसैविच नेपाल निजामती कर्मचारी संगठनको १० औं जिल्ला अधिवेशनले सहदेव आचार्यको अध्यक्षतामा २१ सदस्यीय नयां कार्यसमिती चयन गरेको छ । शनिबार भएका १० आँै जिल्ला अधिवेशनबाट उपाध्यक्षमा यादवेन्द्र पौडेल र मन्दिरा थापा, सचिवमा प्रकाश पौडेल, सहसचिवमा जयप्रकाश घिमिरे र कोषाध्यक्षमा केशवकुमार अधिकारी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा केदार देवकोटा, यदु कुमार घिमिरे, कृतिराज मैनाली, जानकी ढुंगाना, सम्झना शाही, नेश्मा पौडेल विडांरी लगायत रहेका छन् ।

