Header Ads


३३ जनाद्वारा रक्तदान

हेटौंडा, २७ कात्तिक/हेटौडा अटोमोबाइल्स एशोसिएसनको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् । 
मकवानपुरमा रगतको अभाव भएको जानकारी पाएपछि हेटौंडा अटोमोबाइल्स एशोसिएसनले शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको हो । एशोसिएसनका अध्यक्ष सुदेशकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । रगतको अभावलाई मध्यनजर गरी रक्तदानको कार्यक्रम आयोजना गरीएको एशोसिएसनका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक सागर सापकोटाले जानकारी दिए । आगामी दिनमा पनि सामाजिक कार्यक्रममा  एशोसिएसन पछि नहट्ने सापकोटाले जानकारी दिए । 
Powered by Blogger.