गोपाली बस्तीमा होम स्टे
थाहानगर, १७ कात्तिक/गोपाली समुदायको बाहुल्यता रहेको मकवानपुरको उत्तरी क्षेत्र स्थित कुन्छाल गाउँमा बुधबार होमस्टे शुभारम्भ गरिएको छ ।
कार्यक्रममा होम स्टे सञ्चालन समितिका अध्यक्ष सानुकाजी गोपालीले स्थानीय तथा आन्तरिक पर्यटन प्रबद्र्धनमा होम स्टेले सहयोग पु¥याउने बताए । गोपाली वस्तीमा रातो टायल छाउन र पर्यटकीय बस्तीको रुपमा विकास गर्न लभग्रिन जापान आइकावसनले पाँचलाख रुपियाँ सहयोग प्रदान गरेको अध्यक्ष गोपालीले बताए । होम स्टे शुभारम्भ पूर्व स्थानीयले बाजागाजासहित जापानिज नागरिकको स्वागत गरिएको थियो ।

