शिवसेनाको प्रवक्तामा न्यौपाने
हेटौंडा, १७ कात्तिक/शिव सेना नेपाल मकवानपुर जिल्ला पार्टी प्रवक्तामा हेटौंडा–१० का शभ्मुप्रसाद न्यौपाने चयन भएका छन् ।
शिव सेना नेपाल जिल्ला तदर्थ समिति मकवानपुरका अध्यक्ष यज्ञ प्रसाद कँडेलको अध्यक्षतामा बसेको बैठकले मकवानपुर जिल्ला पार्टी प्रवक्तामा हेटौंडा–१० का न्यौपाने, मकवानपुर क्षेत्र नं. १ को क्षेत्रीय अध्यक्षमा चन्द्र बहादुर स्याङतान, मकवानपुर क्षेत्र नं. ३ को क्षेत्रीय अध्यक्षमा हेटौंडा–१ का महेन्द्रनाथ अधिकारीलाई मनोनित गरेका छन् । कार्यक्रममा बोल्दै ३ नम्बर क्षेत्रीय अध्यक्ष महेन्द्रनाथ अधिकारीले हिन्दु संस्कारको रक्षा, समाज निमार्ण दायित्व र धर्म रक्षाको शुरुवात गर्नुपर्ने बताए ।
कार्यक्रममा १ नम्बर क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर स्याङतानले सनातन हिन्दू धर्म नै सर्वोत्कृष्ट धर्म भएकोले देशमा अघोषित धर्म निरपेक्षले हामी जनता अन्यौलमा परेको बताए । उनले जनतालाई धर्म निरपेक्षको अर्थ थाहा नभएको गाउँ–गाउँमा धर्म परिवर्तनकारी विरुद्ध सशक्त आवाज उठाउने बताए ।

