बढि भाडा लिनेबाट भाडा फिर्ता
हेटौंडा, १८ कात्तिक/चाडपर्वको नाममा गलत फाइदा उठाउँदै यात्रुहरुसंग बढी भाडा असुली गर्ने एउटा सुमोबाट प्रहरीले बढी लिएको भाडा रकम फिर्ता गरेको छ ।
बिहीबार जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको टोलीले चेकिङ गर्ने क्रममा हेटौंडाबाट काठमाण्डौ जाँदै गरेको ना.१ ज. ३८४६ नम्बरको ताम्सालीङ सुमो सेवाबाट भाडा रकम फिर्ता गराएको हो । यात्रुसंग सोधखोजको क्रममा बढी भाडा असुलेकोमा पाएपछि सुमोबाट सम्बन्धित यात्रुहरुको बढी भाडा फिर्ता गराई सवारी चालकहरुलाई जरिवाना समेत गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

