कुष्माण्ड मेलाको तयारी पूरा
हेटौंडा/ हेटौँडाको कुष्माण्ड सरोवर त्रिवेणीधाममा हरेक वर्ष लाग्दै आएको कुष्माण्ड नवमी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।
यही कार्तिक २४ गते बुधबारका दिन परेको यस वर्षको मेलामा एक सय ८ धारामा स्नान तथा कुभिन्डो दान गर्न चाहने भक्तजनहरुका लागि विशेष व्यवस्थापन गरिएको समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिए । मेलाको तयारी स्वरुप आइतबार स्थानीय स्वयंसेवक तथा टोलबासीबाट सरसफाई तथा रंगरोगनको काम सम्पन्न भएको छ । यसैगरी प्रचारप्रसार अन्तर्गत हेटौंडा बजार क्षेत्रमा माइकिङ गरिएको छ । सोमबार पनि नेपाली सेनाको टोलीले अन्य कामको लागि सहयोग गर्ने अध्यक्ष न्यौपानेले बताए । नेपालमा एकमात्र यस स्थानमा लाग्ने कुष्माण्ड नवमी मेलाको विशेष महत्व
रहेकोले सो दिन कुभिन्डोमा सुनको प्रतिमा राखेर दान गरेमा पृथ्वी दान गरे बराबरको पुण्य प्राप्त हुने धामका मूल पण्डित देवीप्रसाद कोइरालाले बताए ।

