हेटौंडामा मौलिक नेवारी भोज हुने
हेटौंडा, २१ कात्तिक/नेवासांस्कृतिक पुचः मकवानपुरको आयोजनामा हेटौंडामा मौलिक नेवारी भोजको आयोजना हुने भएको छ ।
नेवारी भोजका लागि काठमाडौंको चमति खलः संगको सहकार्यमा कात्तिक २७ गते हेटौंडामा मौलिक नेवारी भोज हुने आइतबार आयोजकले जानकारी गराएको हो । भोजमा काठमाडौंबाट चारसय र मकवानपुरबाट तीनसय गरी सातसय जना सहभागी हुने पुचः का अध्यक्ष विष्णुगोपाल महर्जनले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । नेपाल सम्बत ११३७ को अवसरमा गर्न लागिएको भोजका लागि काठमाडौंबाट एक सय ५० वटा मोटरसाइकल र बसमा सहभागी आउने उनले बताए ।
उनीहरु हेटौंडा आईपुगेपछि सांस्कृतिक एवम् सम्मान कार्यक्रम हुने उनले बताए । उनका अनुसार उक्त टोलीमा नेवारी फिल्मका कलाकार, गायक गायिका सहभागी हुनेछन् ।

