Header Ads


निजी स्वास्थ्य संस्थालाई डस्बिन

हेटौंडा, १० मंसिर/अस्पतालजन्य फोहोरलाई व्यवस्थित गर्न सघाउ पु¥याउने उद्देश्यका साथ हेटौंडाका निजी अस्पताल, मेडिकल र पोलिक्लिनिकलाई डस्बिन वितरण गरिएको छ । 
शुक्रबार हेटौंडा उपमहानगरपालिकाले ६८ वटा स्वास्थ्य संस्थालाई डस्बिन वितरण गरेको हो । प्रत्येक स्वास्थ्य संस्थामा रातो, निलो र हरियो गरी तीनथान डस्बिनसहित स्ट्याण्ड समेत उपलब्ध 
गराएको हो । करिब ५ लाख रुपियाँ बराबरको डस्बिन वितरण भएको जनाइएको छ । जसमा ४ लाख हेटौँडा उपमहानगरपालिका र १ लाख रुपिया“ औषधी व्यावसायी संघले लगानी गरेको संघ मकवानपुरका कोषाध्यक्ष सुधिर दाहालले जानकारी दिए । हेटौंडा उपमहानगरपालिकाका सहरी विकास तथा वातावरण अनुसन्धान महाशाखा प्रवन्धक वी.के मर्हजनले अस्पताल र निजी क्षेत्रका मेडिकलहरुलाई डस्बिन वितरण देशमा नै पहिलो भएको दाबी गर्दै मेडिकलबाट निस्किने फोहोर व्यवस्थापनमा यसले सघाउ विश्वास व्यक्त गरे । वितरण गरिएको डस्बिन मध्ये रातोमा मेडिकलबाट निस्कने खतराजन्य, निलोमा अजैविक (नकुहिने फोहोर) र हरियोमा जैविक अर्थात कुहिने फोहोर संकलन गरिने बताइएको छ । 
Powered by Blogger.