३४ खेलकर्मी र विजय यूथ क्लबलाई सम्मान
हेटौंडा, सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडा–१० स्थित भूटनदेवी पार्कमा सञ्चालन भैरहेको राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सवमा शुक्रबार ३४ जना पूर्व खेलाडी, उदयीमान खेलाडी एवम् खेल क्षेत्रमा योगदान पु¥याएका व्यक्ति तथा एउटा संस्थालाई सम्मानगरिएको छ ।
महोत्सव स्थलमा विशेष कार्यक्रमका बीच ३४ जनासहित गत बर्षको सिमरा गोल्डकपको विजेता हेटौंडाको विजय यूथ क्लबलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा फुटबल तर्फ ४ जना, भलिबल, क्रिकेट, एथ्लेटिक्स, बक्सिङ, तेक्वान्दो, सितोरियो कराते, सिन क्यूकोसिन कराते र उसु तर्फ समान ३÷३ जना तथा ब्याड्मिण्टन, बुद्धिचाल र आर्चरी तर्फ २÷२ जनालाई सम्मान गरिएको छ । फुटबल संघ मकवानपुरका अध्यक्ष राजेन्द्र श्रेष्ठ, पूर्व राष्ट्रिय खेलाडी प्रदीप महर्जन, फुटबलका अहिलेका राष्ट्रिय टिमका सदस्यद्वय अञ्जन बिष्ट र रञ्जन बिष्टलाई सम्मान गरिएको हो भने भलिबलका पूर्व राष्ट्रिय खेलाडीद्वय विशाल बिडारी र बिनोद श्रेष्ठ तथा वर्तमान खेलाडी बलराम सुवेदीलाई सम्मान गरिएको छ । यस्तै मकवानपुर क्रिकेट संघका संस्थापक अध्यक्ष अरुणराज सुमार्गी, पूर्व खेलाडी निरज श्रेष्ठ र वर्तमान खेलाडी रामनरेश गिरीलाई सम्मान गरिएको छ भने ब्याड्मिण्टन तर्फ अग्रज हिरालाल श्रेष्ठ र खेलाडी अभिषेक बोसलाई सम्मान गरिएको छ भने एथ्लेटिक्स तर्फ अग्रज ज्योति नककर्मी, पूर्व खेलाडी प्रभाकर पाण्डे र खेलाडी सन्ध्या आचार्यलाई सम्मान गरिएको खेलाडी÷पूर्व खेलाडी÷अग्रज सम्मान समितिका संयोजक सुविन घिमिरेले बताए ।
यस्तै सम्मानित हुनेमा बक्सिङ संघ मकवानपुरका पूर्व अध्यक्ष तथा पूर्व खेलाडी इन्द्रलाल श्रेष्ठ, पूर्व खेलाडी पूर्णबहादुर लामा, खेलाडी सुसन मानन्धर रहेका छन् भने तेक्वान्दो संघ मकवानपुरका अध्यक्ष दिलिप राजथला, पूर्व खलाडी बन्दना श्रेष्ठ र खेलाडी ओमकुमार मोक्तान रहेका छन् । सितोरियो कराँतेका पूर्व खेलाडी बिष्णुभक्त लामा र गणेशबहादुर थिङ तथा खेलाडी बिष्णु श्रेष्ठ, सिन क्योकुसिन मकवानपुरका अध्यक्ष किशोर श्रेष्ठ, पूर्व खलाडी अनिषा लामा र खेलाडी निर्मला लो, उसुका पूर्व खेलाडी कैलाश बिक, वर्तमान खेलाडी हरिप्रसाद गोले र ज्ञानबहादुर पाख्रिन, आर्चरी तर्फ खेलाडीद्वय जितबहादुर मुक्तान र कृष्णमाया स्याङ्तान रहेका छन् । त्यसैगरी बुद्धिचाल तर्फ जिल्ला बुद्धिचाल संघ मकवानपुरका संस्थापक अध्यक्ष राजेशहरि जोशी र पूर्व खेलाडी धरम लामालाई सम्मान गरिएको हो ।
उनीहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो । जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी एवम् खेल क्षेत्रसंग सम्बन्धित संस्थाका पदाधिकारीहरुले उनीहरुलाई सम्मान गरेका हुन् ।

