सहकारीको प्रगति समीक्षा
हेटौंडा, ९ मंसिर/मकवानपुरका संघसंस्थाको प्रगति समीक्षा गोष्ठी भएको छ । डिभिजन सहकारी कार्यालय मकवानपुरको आयोजनामा बिहीबार सहकारी संस्थाहरुले प्रथम चौमासिकमा गरेका कामहरुको विषयमा गोष्ठीमार्फत जानकारी गराइएको थियो ।
डिभिजन सहकारी कार्यालयका प्रमुख तिलकराम पोखरेलकोसभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष बद्री लम्सालको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला सहकारी संघको तर्फबाट सहकारीको चुनौती र सम्भावना विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्रमुख अतिथि लम्सालले सहकारी दर्ता गरेर मात्र नहुने भन्दै सहकारीलाई उचित व्यवस्थापनमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
छरिएर रहेको पूजिँलाई एकीकृत गर्ने काम सहकारी भएको बताउँदै सहकारीमा सदस्यहरुको व्यापक सहभागिता गराई थोरै सदस्य भएका सहकारीलाई एकीकरण गर्नुपर्ने र ऐन नियमहरु सहकारी मैत्री हुनुपर्ने आ“ैल्याए । जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारीले सरकारले दुई वर्ष दूधमा आत्मनिर्भर हुने अभियानलाई पूरा गर्न प्रयत्नशील रहेको बताए । जिल्ला दुग्ध उत्पादक सहकारी संघका कार्यक्रम संयोजक बिदुर हुमागाईले संघको प्रगति बिवरण प्रस्तुत गरेका थिए । संघले दैनिक २५ हजार लिटर दूध संङ्कलन गर्ने र ४ करोड प“ूजी मासिक सहरबाट गाउँतर्फ गएको जानकारी दिए ।
संघमा ५४ ओटा सहकारी आबद्व रहेको र शेयर पूँजी ५ लाख ५४ हजार रहेको जानकारी दिए । त्यसैगरी जिल्ला बचत संघको प्रतिवेदन प्रस्तुत गर्दै व्यवस्थापक कुमारी वाईबाले ४० ओटा महिला सहकारी र ८७ ओटा मिश्रित सहकारी गरी जम्मा १ सय २७ सहकारी संघमा आवद्ध रहेका बताइन् । संघको शेयर पूजीँ ८६ लाख ३९ हजार रहेको, संघले नियमित रुपमा सहकारी संस्थाहरुको अनुगमन गरेको प्रतिवेदनमा उल्लेख छ । कृषि सहकारी संघका अध्यक्ष एकराज उप्रेतीले प्रथम चौमासिकको कार्यपत्र प्रस्तुत गर्दै बज्रबाराहीमा कोल्ड स्टोर निर्माणका लागि नेपाल सरकारबाट ५० लाख स्वीकृत भई जग्गा खरिद भएको बताए ।
कार्यक्रममा डिभिजन सहकारी कार्यलयका प्रमुख तिलकराम पोखरेलले हालसम्म २ सय ३५ वटा सहकारीले मात्र साधारणसभा गरेको जानकारी दिए । चानु आर्थिक वर्षको प्रथम चौमासिक प्रतिवेलन प्रस्तुत गर्दै पोखरेलले प्रथम चौमासिकमा तीन वटा कृषि सहकारी थपिएसँगै जिल्लामा ५ सय ६१ ओटा सहकारी संस्था रहेको जानकारी दिए ।
सहकारी संस्थामा देखिएको जटिलतालाई अन्त्य गर्न, निर्वाचन प्रणालीलाई व्यवस्थित गर्न, आर्थिक क्रियाकलाप नियमबद्ध बनाउन डिभिजन सहकारीले आवश्यक कदम चालेको पोखरेलको भनाइ छ ।

