Header Ads


‘मकवानपुरको मायाले खेलकुद महोत्सव सफल हुँदै’

हेटौंडा, १२ मंसिर/गत बर्षबाट हेटौंडामा सञ्चालन सुरु गरिएको हेटौंडा गोल्ड कप फुटबललाई निरन्तरता दिने र यहाँका सञ्चारकर्मी एवम् खेलकर्मीको हितमा काम गर्ने उद्देश्यका साथ सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले औद्योगिक शान्ति नेपाल संस्थासंगको सहकार्यमा सञ्चालन गरेको राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव उत्साहका साथ सञ्चालन भैरहेको छ । 
समापनको दिन नजिकिँदै जाँदा महोत्सवमा अवलोकनकर्ताहरुको भीड उत्तिकै बढिरहेको छ । आयोजक प्रतिष्ठानले १३ गतेसम्म महोत्सव सञ्चालन गर्ने भनेपनि अवलोकनकर्ताको मागको कारण २ दिन समय थपेर १५ गतेसम्म महोत्सव सञ्चालन गर्ने भएको छ । 
‘महोत्सवको प्रत्येक दिन आएका अवलोकनकर्ता र कारोबारको अवस्था हेर्दा हामीले सोचे भन्दा निकै राम्रो भएको छ’, प्रतिष्ठान अध्यक्ष भेष खड्कीले भने, ‘आइतबार पनि अवलोकनकर्ताको राम्रो उपस्थिती रह्यो । महोत्सवमा स्टल राखेकाहरु पनि आफ्नो कारोबारप्रति निकै सन्तुष्ट रहेको पाएका छौं ।’ 
पवित्र उद्देश्यका लागि महोत्सव आयोजना गरेको भन्दै अध्यक्ष खड्कीले आम मकवानपुरबासीको साथ र सहयोगका कारण मेला सफल हुँदै गएको बताए । महोत्सवमा आइतबार राष्ट्रिय कलाकारहरु गायक रोज मोक्तान, गायिका ज्योति घिमिरे, देव राणा एण्ड ब्याण्ड, गायिका श्रुति सिँह र गायक अञ्जन दाहालले अवलोकनकर्तालाई मनोरञ्जन दिएका थिए । 
आज सोमबार ¥यापर गिरिष खतिवडा, गायकहरु विश्व नेपाली, आतिष लामा, महेश मुखिया, रमेश खतिवडा मेलोडी र नक्कली प्रचण्ड ९प्रदीप पाठक० को प्रश्तुती रहने महोत्सव प्रचारप्रसार समिति संयोजक गणेश दर्पण 
अधिकारीले जानकारी दिए । साथै हेटौंडा गट्स ट्यालेण्टका सहभागी र स्थानीय कलाकारहरुको बेजोड प्रश्तुती रहने बताइएको छ । १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिब साँढे २ लाख जनाले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने आयोजकको लक्ष्य रहेको छ ।

महिला भलिबलमा एपीएफ विजयी

हेटौंडा/हेटौंडामा सञ्चालन भैरहेको राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सवमा खेलकुदका गतिविधी जारी रहेको छ । यसैबीच आइतबार सशस्त्र प्रहरीको एपीएफ क्लब र काठमाण्डौंको न्यू डायमण्ड क्लबको महिला भलिबल खेलमा एपीएफको टोली विजयी भएको छ । 
एपीएफले डायमण्डलाई २५–१५, २५–१२ र २५–२२ को सोझो सेटमा पराजित गरेको हो । अधिकांश राष्ट्रिय खेलाडी सम्मिलित एपीएफ र न्यू डायमण्डको खेल ‘शो म्याच’को रुपमा प्रश्तुत गरिएको हो । २०७२ साल बैशाखको विनाशकारी भूकम्पमा ज्यान गुमाएका राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतका भलिबलको मुख्य प्रशिक्षक केशवलाल श्रेष्ठको सम्मानमा महिला भलिबल खेल प्रश्तुत गरिएको आयोजक प्रतिष्ठानका अध्यक्ष भेष खड्कीले जानकारी दिए । ‘हामीले यस महिला भलिबललाई स्वर्गीय केशवलाल श्रेष्ठको सम्मानको लागि गरेका हौं’ उनले भने, ‘शो म्याचको रुपमा रहेको यस भलिबललाई सबैले मन पराएको पाइयो ।’ सहभागी दुवै टिमका खेलाडी एवम् प्रशिक्षकहरुलाई महोत्सवको मञ्चमा सम्मान सहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो । 
खड्कीको अध्यक्षतामा भएको भलिबल खेलको उद्घाटनमा मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष बिन्द्रलाल श्रेष्ठ, केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष प्रताप बिष्ट, महोत्सवको खेलकुद संयोजक सबिन भट्टाचार्यलगायतको आतिथ्यता रहेको थियो । जारी महोत्सवमा सोमबार फुलकन्ट्याक्त कराँतेको खेल सञ्चालन हुने प्रचारप्रसार समिति संयोजक गणेशदर्पण अधिकारीले जानकारी दिए । 
Powered by Blogger.