Header Ads


काँग्रेस व्यक्तिको नहोस: विश्लेषक दाहाल

हेटौंडा, १२ मंसिर/राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले नेपाली काँग्रेस नीतिगत रुपमा स्पष्ट हुनु आजको आवश्यकता भएको बताएका छन् । 
वी.पी विचार समाज मकवानपुरले आइतबार हेटौंडामा आयोजना गरेको अन्तरक्रियामा उनले काँग्रेसको विचारमा स्पष्टता नै अहिलेको आवश्यकता भएको बताएका हुन् । ‘कार्यकर्ताहरु वास्तविक काँग्रेस छन् तर नेताहरु काँग्रेसका भएनन्, फलानोको र ढिस्कानोको नाममा बाँडिए’ दाहालले भने, ‘यसो हुनु काँग्रेसका लागि मात्र नभै आम नेपाली जनताकै लागि घातक हुन्छ ।’ 
उनले २०५९ साल पछि काँग्रेसका नेताहरु काँग्रेसको नभै शेरबहादुर देउवा र सुशील कोइरालाको भएको स्मरण 
गराउँदै त्यो भागबण्डा अहिले पनि कायमै रहेको भनाई व्यक्त गरे । अहिले झनै नेतैपिच्छेको गुट मौलाउँदै गएको भन्दै उनले बेलैमा सचेत नभए ठूलो समस्या निम्ति सक्ने बताए । 
‘काँग्रेस काँग्रेसकै होस् कुनै व्यक्तिको नहोस्’ विश्लेषक दाहालले भने, ‘यसका लागि हामीले बेलैमा नेतृत्वलाई झक्झक्याउनु आवश्यक छ ।’ वी.पी विचार समाज मकवानपुरका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका पूर्व सांसद् शोभाकर पराजुली, विचार समाजका प्रदीप कोइलारा, कृष्णप्रसाद दाहाल, बिष्णु दाहाललगायतले समसामयिक राजनीतिक अवस्था र नेपाली काँग्रेसको भूमिका लगायतका बिषयमा बोलेका थिए । 
कार्यक्रममा नेपाली काँग्रेस निवर्तमान सभापति रघुरमण न्यौपाने, पूर्व सभापति माइकल रामचन्द्र अर्याल लगायतको आतिथ्यता रहेको थियो ।
Powered by Blogger.