Header Ads


‘हिँसाको घटना अनुरुपको उजुरी परेको छैन’

हेटौंडा, १२ मंसिर/महिला तथा बालबालिका कार्यालय मकवानपुरका प्रमुख हिँसाका घटनाहरु धेरै हुने गरेको भएपनि उजुरी भने निकै कम पर्ने गरेको बताएकी छिन् । 
महिला हिँसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत संकल्प र दलित महिला संघले आइतबार हेटौंडामा आयोजना गरेको यौनजन्य तथा लैङ्गिक हिँसा महिलाको सवाल बिषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन् । त्रुटीपूर्ण मूल्य मान्यता र सामाजिक परिवेश, शिक्षा एवम् सीपको अभाव, आर्थिक परनिर्भरतालगायतका बिषय महिला हिँसाको मुख्य कारक तत्व रहेको भन्दै उनले यसतर्फ ध्यान दिन सके हिँसाका घटनामा कमी ल्याउन सकिने उनको भनाई थियो । शाहले मकवानपुरमा महिला हिँसाको अवस्था र यसको कारक बिषयमा कार्यपत्र समेत प्रश्तुत गरेकी थिइन् । कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधी एवम् महिला अधिकारको क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधीले अभियानको समयमा मात्र नभै अन्य समयमा समेत महिला हिँसा र महिला अधिकारका बिषयमा कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका थिए । दलित महिला संघ अध्यक्ष पवित्रा विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका बिष्णु लामिछाने, नेकपा एमालेका मीना लामा, नेकपा माओवादी केन्द्रका जंगबहादुर विश्वकर्मा, राप्रपाका सिताराम बर्तौला, नेकपा मालेका उद्धबप्रसाद अधिकारी, अन्तर पार्टी महिला सञ्जाल मकवानपुर अध्यक्ष बालकुमारी डल्लाकोटी, मानव अधिकार संरक्षण तथा मानव बेचबिखन बिरुद्धको सञ्जाल मकवानपुर संयोजक आरती पाठक,  दलित महिला संघ सदस्य अम्बिका विश्वकर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
Powered by Blogger.