भूटनदेवी टोविसंमा श्रेष्ठको नेतृत्व
हेटौंडा, ११ मंसिर/हेटौँडा–१० मा रहेको भूटनदेवी टोल विकास संस्थाको तेश्रो वार्षिक साधारण सभा तथा अधिवेशन शनिवार सम्पन्न भएको छ ।
साधारणसभाले सुदेशकुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । संस्थाको उपाध्यक्षमा घनश्याम सापकोटा, सचिव डेनिज थापा, सह–सचिव नरेन्द्र कार्की, कोषाध्यक्ष भवानी दाहाल र सदस्यमा जगतबहादुर बानियाँ, पुष्पराज थापा, उर्मिला लामा, विमल लामा, सरिता धिताल र सुशील न्यौपाने रहेका छन् । बाल सदस्यमा सन्तोषी लामा र कुशल आचार्य रहेका छन् । संस्थाको कार्यक्रम संयोजक उपसमितिमा संयोजक अनिता विष्ट र सदस्यहरुमा सुधा सापकोटा, कमला आचार्य सर्वसम्मत चयन भएका छन् । टोल विकास संस्थाको अध्यक्ष रीता लामाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका सामाजिक महाशाखा प्रमख भीमप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समिति उपाध्यक्ष सती न्यौपाने, टोल विकास संस्था १० नम्वर वडा समन्वय सचिव ध्रुव हाडालगायतको आतिथ्यता रहेको थियो ।

