Header Ads


‘निक इलेक्ट्रोटेक २०१६’ मंसिर ३ बाट

हेटौंडा, २५ कात्तिक/नेपाल बिद्युत व्यवसायी महासंघको आयोजनामा काठमाण्डौंको भृकुटी मण्डपमा यही मंसिर ३ गतेबाट इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स प्रदर्शनी एवम् गोष्ठीको आठौं संस्करण हुने भएको छ । 
‘निक इलेक्ट्रोटेक २०१६’ नाम दिइएको प्रदर्शनी ३ गतेदेखी ७ गतेसम्म सञ्चालन हुने बताइएको छ । देशको आर्थिक, औद्योगिक तथा व्यापारिक क्षेत्रको विकासमा सहयोगीको भूमिका निर्वाह गर्दै निक इलेक्ट्रोटेकले केही हदसम्म भएपनि उद्योगी, व्यापारी एवम् उपभोक्तामा अनुकुल व्यावसायिक वातावरणको सम्भावनालाई प्रश्तुत गर्न टेवा पु¥याउने विश्वास लिइएको महासंघ अध्यक्ष तेजनारायण खरेलले 
बताए । प्रदर्शनीमा सहभागीमूलक एवम् सूचनात्मक बनाउनका लागि प्रत्येक दिन विभिन्न विषयमा गोष्ठी, कार्यपत्र प्रस्तुती तथा अन्तरक्रिया कार्यक्रमहरु संचालन 
गरीने बताएको छ । पाँच दिनसम्म चल्ने प्रदर्शनीमा देशभित्र तथा बाहिरबाट आमन्त्रित अतिथि, उद्योग व्यवसायी, प्रविधिकर्मी,सरकारका उच्च अधिकारी, मिडियाकर्मी, विद्यार्थी एवम् आम 
सर्वसाधारण गरी करिव एक लाखले अवलोकन गर्ने अध्यक्ष खरेलले बताए । उक्त प्रदर्शनीमा विभिन्न जिल्ला तथा नगर संघका विद्युतीय व्यवसायको पनि उल्लेख्य सहभागिता रहने मकवानपुर विद्युतीय व्यवसायी संघका अध्यक्ष तथा महासंघका कार्यसमिति सदस्य शिवकुमार कार्कीले जानकारी दिए । प्रदर्शनीमा उर्जा उत्पादन यन्त्र, ट्रान्समिसन तथा डिष्ट्रिव्युसन सामग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ, वायर केकुन एण्ड कण्डक्टर, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्रीहरुको प्रदर्शनी रहने आयोजकले जानकारी दिएको छ । 
Powered by Blogger.