आजबाट जेसीजको टी–२० क्रिकेट
हेटौंडा, ३० कात्तिक/ आज बुधबारबाट अष्टकुमारी स्मृति टी–२० क्रिकेट प्रतियोगिता–२०७३ हेटौंडामा सुरु हुँदैछ ।
हेटौंडा जेसीजको आयोजनामा हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान (हुप्रचौर)को क्रिकेट मैदानमा हुने प्रतियोगितामा जिल्लाका ८ वटा क्लबकोसहभागिता रहने भएको छ । मंगबलार पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिताको बिषयमा जानकारी दिएको हो ।
हेटौंडा जेसीजको आयोजनामा हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान (हुप्रचौर)को क्रिकेट मैदानमा हुने प्रतियोगितामा जिल्लाका ८ वटा क्लबकोसहभागिता रहने भएको छ । मंगबलार पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिताको बिषयमा जानकारी दिएको हो ।
आयोजक हेटौंडा जेसीज अध्यक्ष धर्मराज बानियाँका अनुसार नकाउट आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद दशहजार रुपियाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेतालाई पनि नगदसहित शिल्ड, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको छ । प्रतियोगिताको उद्घाटन् खेलमा मकवानपुर क्रिकेट एकेडेमी र रेडस्वायल क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन दिनको दोस्रो खेलमा फ्लाइङ इगल क्लब र मकवानपुर क्रिकेट क्लब जुनियरबीच प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक अरुणकुमार दहालले जानकारी दिए । मंसिर ४ गते शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताका मुख्य प्रायोजक जेसीज पूर्वअध्यक्ष पूर्ण शाक्य एण्ड सन्सका सञ्चालक पूर्ण शाक्य हुन् ।
‘प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ । हामी पुरस्कार राशीमा पनि बृद्धि गर्ने पक्षमा रहेका छौं । त्यसको तयारी भइरहेको छ । यसपटकको प्रतियोगिताका विशेषता भनेको क्रिकेट पिच हो । नयाँ क्रिकेट पिच निर्माण भएपछि पहिलो पटक प्रतियोगिता हुन लागेको हो’, अध्यक्ष बानियाँले भने ।
यस्तै जेसीजले मङ्सिर ९ गते हेटौंडा–१७ चिप्लेटी बाँसघारीमा बृहत आँखा शिविरको आयोजना गर्ने तयारी गरेको छ । पत्रकार सम्मेलनमा जेसीज पूर्व अध्यक्ष कृष्णबहादुर कार्की, कविन सांगामी, निवर्तमान अध्यक्ष दीपकराज मिश्र लगायतको आतिथ्यता रहेको थियो ।
