जनहित वनको सार्वजनिक सुनुवाई
हेटौंडा, १४ मंसिर/हेटौंडा–२९ बस्तीपुरमा रहेको जनहित सामुदायिक वन उपभोक्ता समूहले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।
पुष ९ गते हुने बार्षिक भेलाको पूर्व सन्ध्यामा सुझाव संकलन गर्ने उद्देश्यका साथ मंगलबार सार्वजनिक सुनुवाई गरेको हो । कार्यक्रमबाट विभिन्न बिषयमा सुझाव संकलन गरिएको समूहका कोषाध्यक्ष अमृत पाठकले जानकारी दिए । कार्यक्रममा सहभागी वन समूहका उपभोक्ताहरुले बसाईं सरेर आउने नयाँ सदस्यलाई उनीहरुको अवस्था हेरेर मात्र काठ दिनुपर्ने, सदस्यता शुल्क बढाउनुपर्नेलगायतका सुझाव दिएका थिए ।
यस्तै आफूलाई काठ चाहिएको बेलामा मात्रै वन आवश्यक पर्ने र अरु बेला वास्ता नगर्ने प्रवृत्तिको विकास हुँदै गएको भन्दै उनीहरुले यसतर्फ ध्यान दिनु आवश्यक रहेकोमा जोड दिएका छन् । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका महासचिव शम्भु न्यौपानेले वनबाट आएको आम्दानीको २५ प्रतिशत रकम वन विकासमा खर्च गर्नुपर्ने जानकारी दिए ।
समूहका अध्यक्ष मनहरी बर्तौलाको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाईमा स्थानीय समाजसेवीहरु हरिवंश भेटवाल, हरिबहादुर पण्डित, रामचन्द्र बर्तौला, सल्लाहकारद्वय राजकुमार भेटवाल र बसन्त सिटौला, पूर्व अध्यक्ष अक्कलबहादुर जिम्बा, रानी सामुदायिक वन उपभोक्ता समूह हेटौंडा–६ का कार्यालय सचिव भीमसेन पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
वन समूहले बस्तीपुरमा रहेको निर्मल उच्च मावि, नेपाल जापान मैत्री स्कूललगायतका बिद्यालयलाई सहयोग गर्दै आएको छ भने अन्य विभिन्न सामाजिक कार्यलाई निरन्तरता दिँदै आएको उपाध्यक्ष सन्तोष उप्रेतीले बताए ।