हेटौंडामा देखियो ज्योतिको वैंश
हेटौंडा, १४ मंसिर/विभिन्न स्क्याण्डलका कारण प्राय ः चर्चा अनि विवादमा आइरहने गायिका ज्योति
मगरको वैंश मंगलबार हेटौंडामा जारी राष्ट्रिय खेलकुद तथा वृहत व्यापार महोत्सवमा देखिएको छ ।
महोत्सवमा उपस्थित सबैको चासो, चिन्ता अनि खुल्दुलीको बिषय बनेकी मगर जब स्टेजमा देखा परिन्, तब तातियो माहौल । निकै छोटो फ्रक अनि कालो ज्याकेटमा स्टेजमा देखा परेकी ज्योतिले अन्तिममा ज्याकेट खोलेर आफ्नो वैंश सबैलाई देखाइदिइन् । गाउन भन्दा पनि नाच्नमा र आफ्नो अंग प्रदर्शनमा बढी सक्रिय रहेकी मगरलाई महोत्सवमा उपस्थित अवलोकनकर्ताहरुले नाचेर साथ दिइरहेका थिए । जिम्वाल बाउकी
छोरी..., सुर्खेत भुलभुले ताल...., पिरतीमा दम छ..., ढाडे बिरालो....उही मुलाको सिन्की....लगायतका गीत प्रश्तुत गरेकी उनले २ वटा गीत गाइसकेपछि आफूले लगाएको कालो ज्याकेटको चेन खोलेकी थिइन् । त्यसको केही समयपछि शरीरबाट ज्याकेट उतारेपछि हुटिङको ओइरो लागेको थियो । राष्ट्रिय खेलकुद तथा वृहत व्यापार महोत्सवको अन्तिम दिन आज बुधबार गायिका इन्दिरा जोशी, गायकरु सुरज प्रसाईं, चिरञ्जिवी ढुंगाना, रमेश श्रेष्ठ मेलोडीलगायतको प्रश्तुती रहने महोत्सव प्रचारप्रसार समिति संयोजक गणेशदर्पण अधिकारीले जानकारी दिए । २ गतेबाट सञ्चालन भएको महोत्सवमा दिनहुँ आएका राष्ट्रिय कलाकारको प्रश्तुतीबाट अवलोकनकर्ताले भरपुर मनोरञ्जन लिएका थिए ।

