Header Ads


सुमो दुर्घटनामा एकको मृत्यु

हेटौंडा, १४ मंसिर/मकवानपुरको कुलेखानीमा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । 
दिउँसो करिब साँढे ४ बजेको समयमा हेटौंडाबाट काठमाण्डौंतर्फ जाँदै गरेको ना १ ज २९५८ नम्बरको शुभयात्रा सुमो सडकबाट करिब ५०÷६० फिट तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा मकवानपुरको शिखरपुरका उत्तरकुमार मोक्तान रहेका छन् । मृतकको खल्तिमा भेटिएको लाइसेन्सको आधारमा मृतकको नाम उत्तरकुमार नै भएको हुनसक्ने मकवानपुरका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए । घाइतेहरुले चालक फरार रहेको बताएको उनको भनाई छ । 
घाइते मध्ये ८ जना पुरुष र २ महिला रहेकोमा उनीहरुको उपचारको लागि काठमाण्डौं लगिएको प्रहरीले जनाएको छ । घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको भन्ने जानकारी आएको डिएसपी गौतमले बताए । 
Powered by Blogger.