रेडियो निकास चौथो बर्षमा
हेटौँंडा, १४ मंसिर/हेटौंडाबाट प्रसारण भइरहेको रेडियो निकास चौथो बर्षमा प्रवेश गरेको छ ।
२०७० साल मंसिर १४ गतेबाट प्रसारण भएको रेडियो मंगलबारबाट प्रसारणको चौथो बर्ष प्रवेशको अवसरमा
रेडियोले एक महिने बिभिन्न जनचेतना मुलक सहितका कार्यक्रम गर्ने बताएको छ । बार्षिकोत्सवका अवसरमा यसबर्ष विभिन्न कार्यक्रम संचालन गर्न लागिएको बताइएको छ ।
निकास साप्ताहिकको समेत १२ औं बार्षिकोत्सवका अवसरमा आँखा शिविर र आँखा सम्बन्धी कार्यक्रम, मकवानपुरको मन्थलीमा स्वास्थ्य शिविर, राजनीतिक दल र संचारकर्मीको बीचमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता समेत संचालन गरिने रेडियो निकासका अध्यक्ष सुनिल खड्काले जानकारी दिए । घरदैलो कार्यक्रम, सार्वजनिक सुनुवाई, जिल्ला स्तरीय वक्तृत्वकला, उद्योगी, व्यवसायीसंग अन्तरक्रिया, बिज्ञापन दाताहरुसंग अन्तरक्रिया, तथा श्रोता पाठकसंग साक्षात्कार कार्यक्रम र ट्राफिक जनचेतनामुलक कार्यक्रम सहित आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बिशिष्ट ब्यक्तिहरुसंग पत्रकारहरुको भ्रमण कार्यक्रम समेत तय गरिएको छ ।
रेडियो निकासका अध्यक्ष तथा निकास साप्ताहिकका प्रकाशक सुनिल खड्काका स्वर्गीग बुवा रामचन्द्र खड्काको स्मृतिमा स्थापना गरिएको रामचन्द्र खड्का सृजनशिल क्रियाशील पत्रकारिता पुरस्कारबाट एकजना पत्रकारलाई पुरस्कृत गरिने भएको छ ।
एक बिज्ञप्ती जारी गर्दै अध्यक्ष खड्काले सम्पूर्ण बिज्ञापनदाता, शुभचिन्तक, शुभेच्छुक, जिल्लाका नागरिक समाज, राजनीतिक दल, समाजसेवी, पत्रकार सहितलाई धन्यवाद ज्ञापन गर्दै रेडियो निकास र निकास साप्ताहिकको सम्बृद्धिका लागि बिगतकै जसरी सहयोगको अपेक्षा गरिएको उल्लेख छ ।

