Header Ads


खानपानमा ध्यान दिँदा मधुमेहबाट बचिने

हेटौंडा, २९ कात्तिक/हेटौंडा आँखा अस्पतालले आँखा स्वास्थ्य शिक्षा कार्यक्रमको आयोजना गरेको छ । 
विश्व मधुमेह दिवस २०१६ को सन्दर्भमा सोमबार हेटौंडामा कार्यक्रम गरेको हो । हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रमुख डा. श्याम व्यासले मधुमेहले आँखामा पार्न सक्ने असरहरु, त्यसबाट बच्नको लागि अपनाउनुपर्ने सावधानीहरु र उपचार पद्धतीको बिषयमा जानकारी गराएका थिए । 
रोटरी क्लव अफ हेटौंडाका अध्यक्ष्ँ मदन अधिकारीले मधुमेह रोगबारे आफ्नो २४ वर्षको अनुभव सुनाएका थिए । मधुमेहका बिरामीहरुले राखेको जिज्ञासाको उत्तर दिंदै अस्पताल प्रमुख डा. व्यासले दैनिक रुपमा खाईरहेका खानेकुरालाई व्यवस्थित गर्न सके र खानपानमा विशेष ध्यान दिन सके मधुमेहलाई नियन्त्रणमा 
राख्न सकिने बताए । 
Powered by Blogger.