Header Ads


शिक्षकहित सहकारीमा दाहालको नेतृत्व

हेटौंडा, ११ मंसिर/शिक्षकहीत बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सिताराम दाहाल चयन भएका
छन् ।
शनिबार भएको सहकारीको सातौं साधारणसभाले दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सहकारीको उपाध्यक्षमा केशवप्रसाद शर्मा, सचिवमा प्रतिमा गौतम, सहसचिवमा अर्जुनप्रसाद पोखरेल, कोषाध्यक्षमा शिवप्रसाद लामिछाने, उप–कोषाध्यक्षमा रामजीप्रसाद हुमागाईँ र सदस्यमा कृष्णप्रसाद पोखरेल, प्रकाश लम्साल, कविता न्यौपाने, गुरुप्रसाद ओझा, यादवप्रसाद दाहाल, नारायणप्रसाद कडेँल र भगवती श्रेष्ठ रहेका छन् ।  लेखा सुपरीवेक्षण समिति संयोजकमा अभिमन्यु गौतम र सदस्यमा कृष्णप्रसाद पोखरेल र सुवास खनाल रहेका छन् । कार्यक्रम सहकारीका अध्यक्ष पुरुषोत्तम बानियाँको अध्यक्षतामा भएको हो । सहकारीको शेयर पूँजी १२ लाख ६० हजार १ सय रहेको बानियाँले जानकारी दिए । संस्थाले व्यावसायिक योजनाको आधारमा ५ लाख रुपिँयासम्म ऋण प्रवाह गर्ने गरेको बताइएको छ । राष्ट्रिय सहकारी संघका सञ्चालक तथा जिल्ला सहकारी संघका अध्यक्ष बद्री लम्सालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो 
Powered by Blogger.