सहकारीको अध्यक्षमा पुनः न्यौपाने
हेटौंडा, ११ मंसिर/नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः रामहरी न्यौपाने चयन भएका छन् । संस्थाको २० औँ वार्षिक साधारण सभाबाट अध्यक्षमा न्यौपानेसहित १० सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
त्यसैगरी संस्थाको उपाध्यक्षमा हरि वाग्ले चयन भएका छन् भने सचिव पदको टु·ो कार्यसमितिको बैठकबाट चयन गरिने संस्थाले जानकारी दिएको छ । संस्थाको सदस्यहरुमा केशव न्यौपाने, दीपक खड्का, रामचन्द्र दहाल, गोमा देवी पौडेल, बिमल कुमार घिमिरे, टीकाप्रसाद भट्टराई, केशव लाल योञ्जन, नरेन्द्र भण्डारी र श्याम लामा चयन भएका छन् । संस्थाको लेखा समिति संयोजकमा धर्मप्रसाद मिश्र र लेखा समिति सदस्यहरुमा सुरेन्द्र न्यौपाने, दिपेन्द्र रोक्का चयन भएका हुन् । शनिबार कार्यालय परिसरमा एक कार्यक्रमका बीच नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइएको थियो ।
पदभार ग्रहण गर्दै अध्यक्ष न्योपानेले संस्थालाई अझ व्यवस्थित रुपमा अगाडि बढाउन कुनै कसर बा“की नराख्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले राहत कोषबाट सदस्यको देहावसान भएमा चालु आवबाट २० हजार रुपैया“ सहयोग गर्ने निर्णय भएको बताए ।
७५ वर्ष उमेर पुगेका सहकारीका सदस्यहरुलाई मासिक ५ सय रुपैया“को दरले साधारणसभामा ६ हजार रुपैया“ उपलब्ध गराउने निर्णय भएको उनले बताए । सहकारीमा आवद्ध भएका सदस्यहरुलाई ऋण र बचतमा विशेष छुट प्रदान गरिने उनको भनाइ रहेको थियो ।

