Header Ads


५१ जना नयाँ शक्तिमा

हेटौंडा, ११ मंसिर/नेपाली काँग्रेस निकटको नेपाल व्यापार तथा सम्वद्ध श्रमिक संघ मकवानपुरका अध्यक्ष शिवप्रसाद भट्टराईसहित ५१ जनाको टोली नया“ शक्ति नेपाल पार्टीमा प्रवेश गरेका छन् । 
शनिबार नया“ शक्ति पार्टी कार्यालय हुप्रचौरमा पत्रकार सम्मेलनको आयोजना गर्दै भट्टराईसहितको टोलीले मुलुकमा शान्ति, विकास र समृद्धि नया“ शक्ति पार्टीबाहेक कसैले गर्न नसक्ने ठहर गर्दै पार्टीमा प्रवेश गरेको घोषणा गरेका हुन् । ‘लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्न÷गराउनको निमित्त मुलुकका विद्यमान पुराना राजनीतिक दलहरुको आचरण, व्यवहार र कार्यशैलीबाट सम्भव देखिएन’ भट्टराईले निकालेको प्रेस विज्ञप्तिमा भनिएको छ –‘यस्तो विषम 
परिस्थितिमा मुलुकको अग्रगति, शान्ति विकास र समृद्धि नहुने स्पष्ट छ । ’ भट्टराईको नेतृत्वमा सम्बद्ध श्रमिक संघका पदाधिकारीसहित अन्य पार्टीका गरी ५१ जनाले शनिबार नै नया“ शक्ति पार्टी नेपालको बिधान र कार्यनीतिअनुसार चल्ने प्रतिवद्धतासहित सदस्यता फारामसमेत भरेका छन् । नया“ शक्तिमा प्रवेश गर्नेहरुमा हरिप्रसाद बजगाईं, ईश्वर भुजेल, दिलबहादुर लामा, पिताम्बर बजगाई, खिलप्रसाद काफ्ले, हरि भट्टराई, राजु बजगाई, सुमित्रा भट्टराई, लक्ष्मण बजगाईं, लक्ष्मी बजगाईलगायत रहेका छन् । 
Powered by Blogger.