Header Ads


फुलकन्ट्याक्ट करातेमा पर्सा च्याम्पियन

हेटौंडा, १३ मंसिर/सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडामा सञ्चालन भइरहेको राष्ट्रिय खेलकुद तथा वृहत व्यापार महोत्सवमा सोमबार फुलकन्ट्याक कराते प्रतियोगिता भएको छ । 
प्रतियोगितामा पर्सा जिल्ला च्याम्पियन भएको छ । करातेमा ३ स्वर्ण जित्दै पर्सा नारायणी अञ्चलमा उत्कृष्ट भएको हो ।  कुल ६ स्वर्णका लागि भएको प्रतिस्पर्धामा मकवानपुर २ स्वर्ण जित्दै दोस्रो स्थानमा रहेको छ । पुरुषतर्फ ३५ केजीमा पर्साका हिमान्सु यादव स्वर्ण, सुकराम परियार मकवानपुर रजत, अनिष प्रजा मकवानपुर कास्य पदक जित्न सफल भएका छन् । ४५ केजीतर्फ जगुलीकुमार झा पर्सा स्वर्ण, विशाल कुशवार बारा रजत, श्रवण प्रजा मकवानपुर कास्य पदक जिते । 
५० केजी तौल समूह आयुष सिंह पर्सा स्वर्ण, राजेन्द्र प्रजा मकवानपुर रजत, सगुन क्षेत्री बारा कास्य पदक जित्दा खुला तौल समूहमा विनोद थापा मकवानपुर स्वर्ण, रवि पटेल बारा रजत तथा प्रिन्स यादब पर्सा कास्य जितेका छन् । महिलातर्फ ५० केजीमुनी महिलातर्फ सपना रुम्बा मकवानपुर स्वर्ण, अञ्जली स्याङ्तान मकवानपुर रजत तथा स्नेहा महतो पर्सा तेस्रो भइन् । 
खुला महिलातर्फ निर्मला लो मकवानपुर स्वर्ण, सिर्जना तामाङ चितवन रजत र सम्झना रुम्बा मकवानपुरले कास्य पदक जितिन । प्रतियोगितामा बुद्धिनाथ न्यौपाने, किशोर श्रेष्ठ, बिष्णु श्रेष्ठ, राजुकमार महतो, राजेश महतो, रामशरण धिताल तथा चन्द्रबहादुर गोलेले निर्णायकको भूमिका निर्वाह गरेका थिए । 
विजयी खेलाडीहरुलाई आयोजक प्रतिष्ठान अध्यक्ष भेष खड्की, द्वितीय उपाध्यक्ष सविन भट्टाचार्य महासचिव सविन न्यौपाने तथा सभापति बिष्णु श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए । यो संगै राष्ट्रिय खेलकुद तथा वृहत व्यापार मेलाको लागि तय भएका सम्पूर्ण खेलका गतिविधि सकिएको छ । 
Powered by Blogger.