Header Ads


¥यापर खतिवडा संगै नाचे मकवानपुरे

हेटौंडा,१३ मंसिर/गत वर्षबाट सुरु भएको हेटौंडा गोल्डकप फुटबल प्रतियोगितालाई निरन्तरता दिने र यहाँका सञ्चारकर्मी एवम् खेलकुदकर्मीको क्षेत्रमा काम गर्ने उद्देश्यका साथ हेटौंडा–१० स्थित भूटनदेवी पार्कमा जारी राष्ट्रिय खेलकुद तथा वृहत व्यापार महोत्सवमा दिनहुँ आउने नयाँ नयाँ कलाकारले अवलोकनकर्तालाई मनोरञ्जन दिइरहेका छन् । यसैबीच सोमबार नेपालकै पहिलो ¥यापर गिरिष खतिवडाले अवलोकनकर्तालाई मनोरञ्जन दिलाएका छन् । 
उनले आफ्ना निकै चर्चित गीतहरु प्रस्तुत गरिरहँदा अवलोकनकर्ताहरु ‘वान्स मोर’ भन्दै झुम्नमा व्यस्त देखिन्थे । अधिकांश तन्नेरीहरुको उपस्थिति रहेको माहौलमा ¥यापर खतिवडाको टिमले आधा दर्जन गीत प्रस्तुत गरेको थियो । खतिवडासंगै सोमबार गायकहरु विश्व नेपाली, आतिष लामा, महेश मुखिया, रमेश खतिवडा (मेलोडी)ले आफ्नो गीत प्रस्तुत गरे । 
यस्तै प्रदीप पाठक (नक्कली प्रचण्ड) ले अवलोकर्तालाई पेट मिचिमिची हँसाए ।
Powered by Blogger.