Header Ads


‘ब्लड क्यान्सर’ पीडित थिङलाई सहयोग जुट्दै

हेटौंडा, १३ मंसिर/रक्तक्यान्सरको उपचारर्थ भरतपुर क्यान्सर अस्पतालमा भर्ना भएका मकवानपुर निवुवाटार–३ इचु·का १७ वर्षीय बालक प्रदिप थिङलाई सहयोग जुटिरहेको छ । 
बिरामी थि·को उपचारमा सहयोगार्थ पन्ध्रदिनअघि सोलिड्यारिटी बोर्डि·मा अध्यापन गराउने शिक्षकद्वारा ‘थि· बचाउ अभियान’ आर्थिक सहयोगमार्फत ३ लाख ७१ हजार रुपैयाँ सहयोग जुटाइ रहेका छन् ।  गत कात्तिक १३ गते काठमाडौँको विएनबी अस्पतालमा उपचार गराउने क्रममा उनलाई रक्त क्यान्सर देखिएको थि·का काका हनोक तामाङ ९थिङ० ले जानकारी दिए । आर्थिक अवस्था कमजोर भएकोले गर्दा नेपाल सरकारले रक्त क्यान्सर भएका बिरामीलाई १ लाख रुपैयाँ बराबरको निःशूल्क औषधी उपलब्ध गराउने भएकोले भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका थि·को बुवा रुद्र थि·ले जानकारी दिए । उनले स्वास्थ्य उपचारको निम्ति १२ लाख रुपैयाँ लाग्ने भएकोले छोराको जीवन रक्षाको निम्ति सानिमा बैंकको खाता नम्बर ०२५०००००५३७० इ मा रकम जम्मा गरिदिन आग्रह गरेका थिए । 
२०७१ सालमा सोलिड्यारिटी बोर्डिङबाट एसएलसी पास गरेका प्रदिप अहिले मकवानपुृर बहुमुखी क्याम्पस कक्षा ११ मा अध्ययनरत थिए ।
Powered by Blogger.