Header Ads


राज्यमन्त्री बानियाद्वारा पदभार ग्रहण

हेटौंडा, १५ मंसिर/नव नियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले पदभार ग्रहण गरेका छन् । 
बानियाँसहित काँग्रेसका तर्फबाट १० जना राज्यमन्त्रीले बुधबार सपथ ग्रहण गरेका हुन् । सपथ ग्रहण गरे लगत्तै बानियाँले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । मन्त्रालयमा राज्यमन्त्री बानियाँलाई मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए । मकवानपुरको हर्नामाडी दियावतिमा २०२७ साल भदौ १५ गते जन्मिएका बानियाँले नेपाल विद्यार्थी संघबाट राजनीतिमा प्रवेश गरेका हुन् । दोस्रो संविधानसभाको निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर १ बाट निर्वाचित बानियाँ नेविसंघ मकवानपुरको सहसचिव, नेपाल तरुण दल मकवानपुरको अध्यक्ष, काँग्रेस महासमिति सदस्य हुँदै गत वर्ष काँग्रेस मकवानपुरको सभापतिमा निर्वाचित भएका थिए । २०६४ सालको संविधानसभा सदस्यसमेत उम्मेदवार बन्नेका बानियाँले हार व्यहोरेका थिए । 
२०७० सालको निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित भएका हुन् । बानियाँ जिल्लाका विभिन्न सामाजिक संघसंस्थाहरुमा समेत आवद्ध भई क्रियाशील रहेका छन् ।
Powered by Blogger.