Header Ads


सिस्नेरीमा स्वास्थ्य शिविर

हेटौंडा, १५ मंसिर/मकवानपुरको सिस्नेरी गाविसमा भएको निःशुल्क घुम्ती स्वास्थ्य क्लिनिकमा एकसय २ जनाले स्वास्थ्य परीक्षण र उपचार गराएका छन् । 
उक्त कार्यक्रममा चिकित्सक टोलीहरुमा दन्तरोग विशेषज्ञ डा अरिफ करिम, फिजिसियन डा. सुष्मा हुल्जार र सहयोगी पुण्य निरौला र सिएमए श्रीदेवी थापा रहेका थिए । युवा सेवा समाज (युसेस) र यूनिलिभरको लायफव्याय प्रोडक्टको सहकार्यमा संचालित उक्त कार्यक्रममा दन्तरोग विशेषज्ञ डा. करिमले दन्त समस्या लिएर आउने ४७ जना मध्ये १६ जनाको किराले खाएको दांत झिकेर फालिएको जानकारी दिए ।
डा. सुष्मा हुल्जारले ५५ जना महिलाहरुको स्वास्थ्य परीक्षण गरेका थिए । डा. सुष्माको भनाई अनुसार अधिकांश महिला दिदीबहिनीहरु महिनावारी गडवडी र पाठेघर सम्वन्धी समस्या देखिएको छ । 
घुम्ती स्वास्थ्य क्लीनिकमा अधिंकास जनजाती समुदायको वालवालिका,महिला र वृद्धाहरुले उपचार तथा सेवा प्राप्त गरेका थिए जसमा ७ महिना देखि ८१ वर्ष उमेर समुहका समेत थिए । अधिकांश सेवाग्राहीहरुको दांत किराले खाएको, दन्तहर्ष भएको पाईएको छ । 
Powered by Blogger.