मिति घोषणा भए निर्वाचन गराउन तयार ः प्रमुख निर्वाचन आयुक्त
हेटौंडा, ६ पुस/प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको मिति घोषणा गर्ने अधिकार निर्वाचन आयोगलाई नभएको बताउँदै यसको लागि सरकार र राजनीतिक दलको सहमति आवश्यक रहेको बताएका छन् ।
जिल्ला निर्वाचन कार्यालय मकवानपुरको नवनिर्मित भवन उद्घाटन एवम् अन्तरक्रिया कार्यक्रममा बुधबार उनले निर्वाचनको बिषयमा सरकार र दलहरु नै द्विविधा र अन्यौलताको अवस्थामा रहेको तथा निर्वाचनको लागि आवश्यक पूर्वाधार निर्वाचन आयोगलाई उपलब्ध नभएको जानकारी दिए । ‘निर्वाचन आयोग कानुन अनुसार अघि बढ्छ । निर्वाचनको मिति घोषणा गर्ने हामीले हैन’, यादवले भने, ‘निर्वाचनको मिति घोषणा गर्ने कानुनी अधिकार हामीलाई दिनूस्, यसको लागि नीति घोषणा गरौं, हामी निर्वाचनको लागि तयार छौं ।’ संसद् अबरुद्ध रहेको भन्दै उनले निर्वाचनको मिति घोषणा गर्न आफूहरु ऐनको पर्खाइमा रहेको जानकारी दिए ।
जिल्ला जिल्लामा रहेका निर्वाचन कार्यालय जुनसुकै निर्वाचनको लागि तयार रहेको जानकारी दिंदै प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आयोलाई मात्र गाली गरेको भरमा निर्वाचन नहुने स्पष्ट पारे । २०७४ माघ ७ गतेभित्रमा ३ तहको निर्वाचन गराउनुपर्ने बाध्यात्मक परिस्थिती रहेको तर निर्वाचनको लागि समय निकै कम रहेको भन्दै उनले यस तर्फ सरकार तथा प्रमुख राजनीतिक दलहरुले ध्यान दिनुपर्नेमा जोड दिए । निर्वाचनको विधी र प्रक्रियामा फरक मत राखेपनि निर्वाचन नै हुनुहुँदैन भनेर कुनै दलले नभएको तर्क प्रस्तुत गर्दै यादवले जुनकुनै निर्वाचनको लागि निश्चित थ्रेसहोल्डको व्यवस्था हुनु आवश्यक रहेको औंल्याए ।
वि.सं २०५४ सालमा निर्वाचन कार्यालयको स्थापनासंगै भाडामा बस्दै आएको कार्यालयको हेटौंडा–५ स्थित ७ कट्ठा साढे १९ धुर जग्गामा निर्मित १३ कोठे ३ तले भवनको प्रमुख निर्वाचन आयुक्त यादवले उद्घाटन गरेका हुन् । २०६९ असारमा १ करोड ७२ लाख रुपियाँमा सम्झौता भएको भवन १ करोड २४ लाख रुपियाँमा गत चैत्र मसान्तमा निर्माण कार्य सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।
कार्यक्रममा मध्यमाञ्चलका सह–क्षेत्रीय प्रशासक विश्वप्रसाद सुवेदी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।