हत्याको बिरोधमा २ घण्टा सडक अवरुद्ध
हेटौंडा, ५ पुस/नेकपा एमाले निकटको युवा दस्ता युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा युवा संघ नेपाल मकवानपुरले पूर्व–पश्चिम राजमार्ग अन्र्तगत हेटौंडाको राप्तीपुल सहित मकवानपुरको विभिन्न स्थानमा मङ्गलबार दुई घण्टा धर्ना दिएको छ ।
बिहान १० बजेदेखि १२ बजेसम्म राजमार्गमा सवारी अवागमन बन्द गरी धर्ना दिएको हो । हेटौंडामा भएको धर्नापछिको कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष हिदम लामाले वर्तमान सरकारकै संरक्षणमा मुलुकमा हत्या, हिंसा एवम् अराजकता मौलाएको आरोप लगाए ।
सामजिक सद्भावमा खलल पु¥याउने र मुलुकमा अराजकता सृजना गर्ने काममा सरकार लापिरेको भन्दै लामाले हत्याको निष्पक्ष छानबीन गरी दोषिलाई कडा कारबाही गर्नुपर्ने माग गरे । संविधान संशोधनको बिरुद्धमा एमालेले देशव्यापी रुपमा गरिरहेको आन्दोलनलाई कमजोर पार्ने चेष्टाका साथ युवा संघ रुपन्देहीका अध्यक्ष तिवारीलाई गोली प्रहार गरिएको हुन सक्ने उनको भनाई छ । वर्तमान सरकारलाई हत्यारा सरकारको आरोप लगाउँदै उनले एक मिनेट पनि सरकारमा बसिरहने नैतिकता नरहेको बताए । बन्दको कार्यक्रममा नेकपा एमालेका जिल्ला तहका नेताहरु, एमालेको भ्रातृ संगठन अनेरास्ववियु, खेलकुद महासंघलगायतका नेताहरुको उपस्थिती थियो ।