तालिम सम्पन्न
हेटौंडा, ५ पुस/स्वरोजगार बङ्गुरपालक कृषक समूहको संयोजकत्वमा भएको ६ दिने बङ्गुर पालन सम्बन्धी तालिम सकिएको छ ।
यूएसआइडीको सहयोगमा वीन रक इन्टरनेशनलले तालिम दिएको हो । बङ्गुर पालक किसानहरुलाई यससंग सम्बन्धित प्राविधिक जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको वीन रक इन्टरनेशनलका कार्यक्रम अधिकृत अरुण थापाले बताए । बङ्गुरपालक कृषक समूहका अध्यक्ष देवेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा १७ जना किसानहरुको सहभागिता रहेको थियो ।
तालिममा हवाइ विश्वविद्यालय अमेरिका प्राध्यापकद्वय डा.हलिना जिलेस्की र डा. राजेश झाले सहजीकरणले गरेका थिए । तालिमका सहभागीहरुले तालिम उपलब्धीमूलक भएको बताउँदै यसबाट सिकेको ज्ञानलाई व्यवहारमा उतार्ने प्रतिक्रिया दिएका छन् ।