Header Ads


राष्ट्रिय जनमोर्चाको जिल्ला भेला

हेटौंडा, १८ मंसिर/रुसमा ९९ बर्ष अघि लेलिनको नेतृत्वमा समाजवादी व्यवस्था निर्माण भएको उपलक्ष्यमा राष्ट्रिय जनमोर्चा मकवानपुरको जिल्ला भेला थाहा नगरमा भएको छ । 
राष्ट्रिय जनमोर्चाले अक्टोबर क्रान्ति भएको एकसय वर्ष पुगेको अवसरमा पार्टीले १ बर्षभरी विविध कार्यक्रम गरी मनाउने क्रममा शनिबार भेला आयोजना गरेको बताइएको छ । भेलाले आगामी पुस १० गते देखि २०७४ साल कार्तिकसम्मको कार्यक्रम तय गरेको जनमोर्चाले जनाएको छ । 
जनमोर्चाले श्रम शिविर, संगठन निर्माण, बाल भेला, लागूपदार्थ दुब्र्यसनीविरुद्दको चेतनामुलक कार्यक्रम, संघीयता बिरुद्द चेतनामुलक कार्यक्रम, पार्टीको वडा भेला,गाउँ भेला, नगर भेला, र जिल्ला सम्मेलन गर्ने भएको छ ।
Powered by Blogger.