Header Ads


एक ब्यक्ति—एक रुपियाँ टोली ठिङ्गनमा

हेटौंडा, १८ मंसिर/तराईलाई राजधानीसँग जोड्ने निजगढ—मकवानपुर—काठमाडौँ द्रूतमार्ग र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न माग गर्दै सुरु गरिएको पैदल यात्रा टोली मकवानपुरको ठि·न आई पुगेको छ ।
शुक्रबार निजगढबाट सुरु भएको पैदल यात्रा टोली अभियानको क्रममा शनिबार मकवानपुरको छतिवन हुँदै ठि·न गाविस आइपुगेको हो । राष्ट्रिय गौरवको आयोजनाहरु निर्माणमा ढिलासुस्ती नगर्न आग्रह गर्दै बारा, पर्सा, रौतहट र मकवानपुरका अगुवाहरुको टोलीले शुक्रबार मकवानपुरको छतिवनमा बास बसेर शनिबार विहान छतिवनमा स्थानीयसँग अन्तरक्रिया गरेका थिए । छतिवनमा स्थानीयले अभियान टोलीको स्वागत गर्दै अभियानप्रति ऐक्यबद्धता जनाएको टोलीका संयोजक रविराज दहाालले बताए । 
६३ जनाको टोली न चौथो दिन काठमाडौँमा प्रधानमन्त्री र राजनीतिक प्रमुखहरुसँग भेटघाट तथा ज्ञापनपत्र दिने कार्यक्रम रहेको निजगढ निवासी अभियानका संयोजक दंगालले जानकारी दिए ।  टोलीले निजगढ—मकवानपुर—काठमाडौँ द्रूतमार्ग र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न एक ब्यक्ति, एक रुपियाँ अभियानसँगै हस्ताक्षर संकलनसमेत गरेको छ । 
एक ब्यक्ति एक रुपियाँ अभियानअन्तर्गत ५५ हजार रुपियाँभन्दा बढी संकलन भएको छ । साथै अभियानप्रति समर्थन जनाउँदै राष्ट्रिय गौरवका आयोजना निर्माण ढिलासुस्ती नगर्न माग गर्दै एकलाख ५० हजारभन्दा बढीले हस्ताक्षर गरेका छन् ।  
Powered by Blogger.