नवनियुक्त राज्यमन्त्री बानियाँको मकवानपुरमा भव्य स्वागत
हेटौंडा, १८ मंसिर/नेपाली काँग्रेस मकवानपुरका सभापति एवम् नेपाल सरकारका नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री इन्द्रबहादुर बानियाँको गृह जिल्ला मकवानपुरको विभिन्न स्थानमा शनिबार स्वागत गरिएको छ ।
राज्यमन्त्री नियुक्त भएर गृहजिल्ला मकवानपुर आउँदा राज्यमन्त्री बानियाँको सिस्नेरीमा स्थानीयवासी तथा काँग्रेसका कार्यकर्ताहरुले बाँजागाजासहित स्वागत गरे भने कुलेखानी, भीमफेदी निबुवाटार, भैसमासमेत स्थानीयवासी र पार्टीका नेता÷कार्यकर्ताले नवनियुक्त राज्यमन्त्रीको स्वागत गरेका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री बानियाँको स्वागतका लागि हेटौडाका कांग्रेस कार्यकर्ताहरु सामरी पुलसम्म पुगेका थिए । त्यसैगरी राज्यमन्त्री बानियाँ नेपाली काँग्रेस हटिया गाउँ कमिटिले गरेको स्वागत तथा सम्मान कार्यक्रम र मकवानपुर उद्योग बाणिज्य संघले गरेको स्वागत तथा सम्मान कार्यक्रममासमेत सहभागी भएका थिए ।

