पर्यटन र विकासमा दत्तचित्त हुन्छु ः बानियाँ
हेटौंडा, १८ मंसिर/ नेपाली काँग्रेस मकवानपुर सभापति एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले जिल्लामा पर्यटन र विकासमा दत्तचित्त भएर लाग्ने बताएका छन् ।
नेपाली काँग्रेस मकवानपुर जिल्ला समितिले शनिबार गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै राज्यमन्त्री बानियाँले संविधान संशोधन सडकबाट भन्दा पनि संसदबाट हुनसक्ने भएकाले संशोधनमा चित्त नबुझे सडकमा टायर बालेर भन्दा पनि संसदमा आफ्नो बहुमत पु¥याएर असफल पार्न सकिने भनाइ
राखे । राज्यमन्त्री बानियाँले अहिले संसदमा पेश भएको संविधान संशोधन प्रक्रियालाई संसदीय प्रक्रियाबाटै टुंगो लगाउन एमालेलाई आग्रह गर्दै मुलकको निकासका लागि संविधान संशोधन प्रक्रिया अघि बढाएको बताए ।
रचनात्मक काम गरेर जनताको मन जित्न पार्टी र भातृ संगठनका नेता कार्यकर्ता लाग्नुपर्ने बताउँदै राज्यमन्त्री बानियाँले निरन्तर जनता माझ पुग्नसके जनताबाट सधैं सम्मान पाईने भन्दै यसतर्फ लाग्न सबैलाई आग्रह गरे । उनले पर्यटन प्रवद्र्धनबाट नेपाल छोटो समयमा समृद्ध हुने भएकोले सरकारको ध्यान त्यसतर्फ गएको बताए । कार्यक्रममा नेपाल चेपाङ संघको तर्फबाट राज्यमन्त्री बानियाँलाई चेपाङ समुदायले प्रयोग गर्ने गरेको जाबी ९झोला० दिएर सम्मान गरिएको थियो । नेपाली काँग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान सभापति
रघुरमण न्यौपाने, जिल्ला सचिव बुद्ध लामा र आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सल्लाहकार अशोक शाक्य, जिल्ला सदस्यहरु, चारै क्षेत्रका क्षेत्रीय सभापति गाउँ÷नगर तथा वडा सभापतिहरु, भातृ संघसंगठन, शुभेच्छुक संस्थाका पदाधिकारीहरु र क्रियाशील सदस्यहरुको उपस्थित रहेको थियो ।

