Header Ads


संघले स्वर्ण महोत्सव मनाउने

हेटौंडा १९, मंसिर/ मकवानपुर उद्योग वाणिज्य संघले ५० औं वार्षिक साधारण सभालाई साप्ताहिक रुपले मनाउने निर्णय गरेको छ । 
आगामी माघ ८ गते सम्पन्न गर्ने ५०औं बार्षिक साधारण सभालाई संघले स्वर्ण महोत्सवको रुपमा भव्यताका साथ सम्पन्न गर्नका निम्ति संघका पूर्वअध्यक्ष उत्तम शर्मा ढकालको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ । 
संघको कार्यालयमा आइतबारबसेको बैठकबाट स्वर्ण महोत्सवको अवसरमा विभिन्न उपसमितिले जिल्लाको आर्थिक, स्वास्थ्य, पर्यटन, खेलकुद, शिक्षा, महिला उद्यमी गतिविधि लगायतका विषयमा विभिन्न कार्यक्रम गर्ने अध्यक्ष राजकुमार न्यौपानेले बताए । आइतबारको  बैठकले संघले ५० बर्षको अवधिमा गरेका मुख्य क्रियाकलापलाई समेटेर वृत्तचित्र निर्माण गर्ने, सदस्यहरुको परिचयको स्मरणात्मक पुस्तक प्रकाशन गर्ने, जिल्लाको चारै नाकामा पर्यटन सम्बन्धी होर्डि· बोर्ड निर्माण, प्रतिक्षालय निर्माण, रक्तदान, फलफूल वितरण लगायत साप्ताहिक कार्यक्रम गरिने संयोजक ढकालले जानकारी दिए । स्वर्ण महोत्सव समारोह कार्यक्रमका लागि संघका कार्य समिति सदस्यबाटै उपसमिति निर्माण गरिने महासचिव महेन्द्र राउतले जानकारी दिए । बैठकले संघलाई आजको अवस्थासम्म ल्याई पु¥याउने अग्रजहरुको मुख्य भूमिका रहेकोले स्वर्ण महोत्सवमा उनीहरुको सम्मान गरिने समेत जनाईएको छ । मकवानपुर उद्योग वाणिज्य संघ स्थानीय व्यावसायीहरुको पहलमा वि.सं. २०२३ सालमा हेटौडा व्यापार संघबाट शुरु भएको हो । 

Powered by Blogger.