लन टेनिस प्रतियोगिता सुरु
हेटौंडा, १९ मंसिर/मध्यपृतना हेडक्वार्टर सुपारेटार र मकवानपुर लन टेनिस संघको संयुक्त आयोजनामा सामरी स्ल्याम खुला लनटेनिस राष्ट्रिय प्रतियोगिताको सातौं संस्करण सुरु भएको छ । आइतबारबाट सुरु भएको प्रतियोगिताको पहिलो दिन ३५ वर्षमाथिको समूहमा याम गुरुङ, राजन पौडेल, सुकुमान तामाङ, माधव थापा र बबी चन्द विजयी
भए । गुरुङले सूर्य शाहीलाई ६–३ र ६–४, पौडेलले नवीन चालिसेलाई ६–२ र ६–३, तामाङले गोपी भट्टराईलाई ६–४, १–६ र ११–९, थापाले प्रह्लाद बस्नेतलाई ६–४ र ६–३ तथा चन्दले अमरसिंह थापालाई ६–० र ६–० को सेटमा हराएका थिए ।
भए । गुरुङले सूर्य शाहीलाई ६–३ र ६–४, पौडेलले नवीन चालिसेलाई ६–२ र ६–३, तामाङले गोपी भट्टराईलाई ६–४, १–६ र ११–९, थापाले प्रह्लाद बस्नेतलाई ६–४ र ६–३ तथा चन्दले अमरसिंह थापालाई ६–० र ६–० को सेटमा हराएका थिए ।
फन डबल्सतर्फ भट्टराई र बिदुर बिष्टको जोडीले निरञ्जन श्रेष्ठ र माधव थापाको जोडीलाई ८–४ तथा अनिल शाही र हरि सिग्देलको जोडीले कृष्णराज घले र नवीनको जोडीलाई ८–५ ले पराजित गरेको थियो । राजु गुरुङ र सुकुमान तामाङको जोडीले सूर्य शाही र बिनोद कायस्थको जोडीलाई ९–७ ले हराएको थियो । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ७ महिलासहित ४७ खेलाडीले ६ विधामा प्रतिष्पर्धा शुरु गरेको आयोजक संघ जिल्ला अध्यक्ष दीपेन्द्रचन्द ठकुरीले जानकारी दिए । प्रतियोगिताको उद्घाटन पृतनापति देवकुमार सुवेदीले गरेका थिए । पा“च दिन सञ्चालन हुने प्रतियोगिताका प्रथम र द्वितीयलाई शिल्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार राशिको व्यवस्था गरिएको छ ।
तृतीय हुनेले मेडल र प्रमाणपत्र पाउने प्रतियोगिता संयोजकसमेत रहेका अध्यक्ष ठकुरीले जानकारी दिए । प्रथम र द्वितीय हुनेले ¥याकिङ प्वाइन्ट पाउने छन् । जसलाई अन्तर्राष्ट्रिय मान्यता दिने गरिएको छ ।

