अनेरास्ववियूको विरोध सभा
हेटौंडा, १९ मंसिर/सरकारले संसदमा दर्ता गरेको संविधान संशोधनको विरोधमा हेटौँडाको बस्तिपुरस्थित अनेरास्ववियु निर्मल उच्च मावि प्रारम्भिक कमिटीले विरोध सभाको आयोजना गरेको छ ।
अनेरास्ववियु क्षेत्र नं ३ क्षेत्रीय कमिटिको विरोध अभियान अन्तर्गत निर्मल उच्च माविका विद्यार्थीहरुले संशोधनको प्रस्ताव फिर्ता लिन माग गर्दै प्रदर्शन गरेका हुन् ।
कार्यक्रममा विद्यार्थीहरुले प्रधानमन्त्री प्रचण्डको राजिनामा माग गरेको अनेरास्ववियु ३ नं क्षेत्रीय कमिटिका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए ।

