वर्तमान सरकार र संविधान संशोधनको बाध्यता
![]() |
| मधुसुदन अधिकारी |
नेपालको संविधान २०७२ जारी पश्चात गठन भएको ओली सरकारलाई पदच्यूत गरेर २०७३ श्रावणमा गठन भएको वर्तमान प्रचण्ड सरकार गठन प्रकृयामै प्रचण्ड चर्चामा थियो ।
चर्चामा यसकारणले थियो कि आफै संलग्न सरकारको विरुद्ध अविश्वासको प्रस्ताव, आफ्नै कार्यक्रमको विरुद्धमा अविश्वासको प्रस्ताव अनि आफैँ विरुद्ध अविश्वास विभिन्न सार्वजनिक माध्यमबाट आएका अभिव्यक्तिमा आफैमाथी अविश्वास गर्ने के कसरी देश चलाउने होलान ? भन्ने थियो । यसरी जालझेल र बनावटी प्रपंचबाट बनेको सरका राष्ट्रिय भन्दा बढि अन्तराष्ट्रिय कारण प्रेरणाको स्रोत हो, महशुषको विषय हो र सहपाठीको हौसला यानि कि नेपाली काँग्रेसले हौसला प्रदान गरेको कारण बनेको प्रचण्ड सरकार निर्माणकालमा भन्दा धमाकेदार चर्चामा फेरी पुगेको छ ।
मधेशवादी दलहरुसँग संविधान संशोधनको वाचा गरेर सत्तारोहण भएको वर्तमान गठबन्धन सरकार संविधान संशोधन मस्यौदा संसदमा दर्ता नगरुञ्जेल मधेशवादी नेताहरुको गनगनमा फस्यो जब मस्यौदा संसदमा दर्ता भयो आफ्नै पार्टीका सांसदहरुको चरम असन्तोष र चरम विरोधका कारण प्रचण्ड भमरीमा फसेको छ । यसरी पाइलै पिच्छेको चर्चाको कारण भनेको यो सरकार गठन नै बाध्यकारी प्रेरणाले भएको हुनालेयो सरकारले राष्ट्रको भन्दा छिमेकी भारतको आवश्यकताले बनेको हुनाले यसका सबै कार्यसुचि निर्दिष्ट छन् निर्देशित छन् । फलस्वरुप संविधान संशोधनका विषय विपक्षिको साथ समर्थनको महशुष गरेन–गरेन आफ्नै दलका सांसद,आफ्ने पार्टीका नेताको समेत मन बुझाउन भ्याएन र चौतर्फि विरोधको प्रचण्डा भुमरीमा परेको छ। यदि वर्तमान गठबन्धन सरकार राष्ट्रिय आवश्यकताको उपज हुन्थ्यो भने, यदि वर्तमान गठबन्धन जनताद्वारा निर्देशित गठबन्धन हुन्थ्योभने आÇनो गरीखाएका नेपाली जनता सडकमा उत्रने थिए र ? यदि यो सरका नेपाल र नेपाली जनताप्रति उत्तरदाइ हुन्थ्यो भने आवश्यकता र बाध्यताका विषयलाई देशमा विद्यमान राष्ट्रिय दलहरुको सल्लाह, सुझाव र सहमति अनि गठजोड सँगको सहकार्यमा वर्तमान विषयको अथवा संविधान संशोधनको विषय एकजना एकै आवाजमा संसद सचिवालयमा दर्ता हुने थियो र मधेशवादी दलहरु पनि सोच्न बाध्य हुने थिए कि अब निकाश के त ? भनेर । तर अन्तराष्ट्रिय कारणको आवश्यकता परिपुरणार्थ गठन भएको कारणनै समस्याको जड् कारण हो ।
त्यसैगरी अर्को समस्या भनेको नितान्त अपवित्र गठजोड हो । त्यो भनेको ओलि सरकारमा संलग्न दल माओवादी केन्द्र दोहोरो भुमिकामा म परिचालित छ एउटा अति अस्थिरता र अर्को अति उग्रता अस्थिरताले उग्रतालार्य प्रोत्साहित गर्दछ परिणाम नकारात्मक निस्कन्छ । त्यसैकारण वर्तमान प्रचण्ड सरकार प्रचण्ड चर्चामा आउनुको कारण यहि हो । आफु संलग्न सरकारका विरुद्ध अविश्वास एउटा अति हो भने ‘‘तातै खाउ जलिमरौँ’ गर्दा विरोधको चर्को दवाव व्यहोर्नु परिरहेको छ । यसरी हेर्दा प्रमुख प्रतिपक्षको सामना कसरी गर्ने एकातर्फ छ भने जसका लागि खुसिपार्न संशोधन विधेयक दर्ता भएको हो त्यो नै विरुद्धमा गएर निर्णय आयो अब कसरी गर्ने ? मधेशवादी दलका नेतालाई रिझाएर आफुले अन्तराष्ट्रिय सम्बन्ध सुधारेको जस लिने बहानापनि भेटियो सकियो । अब के गर्न यो गठबन्धन सरकारमा टाँसिएर रहनु अनि के का लागि सत्तामा टाँसिएर रहनु ? अलिकति नैतिकता बचेको छ भने सरकार छाडे हुन्छ ।
वर्तमान सरकारको काम ऐन कानुन बनाएर नेपालको संविधान २०७२ लाइ कार्यान्वयन गर्ने नै प्रमुख हो कि संविधानको संशोधन । तर ऐन नियम निर्माणमा भन्दा आफ्ना अभिष्ट पूरा गर्ने तर्फ केन्द्रित भएकै कारण वर्तमान सरकार विवादमा परेको हो । जसलाई खुसि बनाउनु पथ्र्यो उहि बेखुशी तरपनि प्रयास जारी राखेकै होला नि ?

