Header Ads


पानीको डुबेको अवस्थामा शव फेला

हेटौंडा, ३० मंसिर/हेटौंडा–२९ नेवारपानीमा एक व्यक्तिको शव भेटिएको छ ।
नेवारपानीस्थित दूध डेरीको पछाडि रहेको सज्जन खोलामा अन्दाजी ३५÷४० बर्ष उमेरका पुरुष व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । स्थानीयले खोलामा डुबिरहेको अवस्थाको मानिस देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
शरीरमा कट्टु मात्र लगाएको अवस्थाको मानिसको पहिचान भने हुन नसकेको प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए । केहीदिन देखि पानीमा डुबेको जस्तो देखिने व्यक्तिको अनुहार हेरेर छुट्याउन सकिने अवस्थामा नरहेको भन्दै उनले मृतकको शरीरमा चोट भने नदेखिएको बताए । शव हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ । 
Powered by Blogger.