Header Ads


‘यातायात व्यवसायीको समस्या समाधानमा पहल गर्नेछु’

हेटौंडा, २० मंसिर/संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो यातायात व्यवसायीको हकहितका लागि आफ्नो तर्फबाट हुनसक्ने हरेक किसिमको सहयोग गर्न तयार रहेको बताएका छन् । 
सोमबार नारायणी यातायात व्यवसायी संघ हेटौंडाले गरेको स्वागत एवम् सम्मान कार्यक्रममा बानियाँले भने, ‘मेरो मन्त्रालय फरक भएपनि मैले यातायात व्यवसायीको समस्या समाधानको लागि गर्नुपर्ने सहयोग र समन्वयमा कुनै कमी हुने छैन’, बानियाँले भने, ‘सडक सञ्जालले घेरिएको जिल्ला भएपनि सडकको दुरावस्थाका कारण यातायात व्यावसायी मारमा परेको मलाई राम्रो संग जानकारी छ ।’ 
सोमबार एक कार्यक्रमकाबीच नारायणी यातायात व्यावसायी संघले नागरिक मकवानपुरबाट राज्यमन्त्री भएका बानियाँलाई स्वागत तथा सम्मान गरेको हो । उनले जिल्लाको धार्मिक तथा साँस्कृतिक सम्पदाको संरक्षण एवम् सम्र्वद्धनमा आफ्नो तर्फबाट सक्दो सहयोग हुने भन्दै बानियाँले सबैको साथ र सहयोगले मात्रै आफू सफल हुने बताए ।
‘सबैको एक मन अनि साथ र सहयोग भए देश समृद्ध बन्न २० वर्ष लाग्ला तर मकवानपुर ३ वर्षमा समृद्ध हुन्छ’, राज्यमन्त्री बानियाँले थपे, ‘यसको लागि सबैले आफ्नो जिल्लालाई केन्द्रमा राखेर काम गर्नुप¥यो ।’ नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्री चौलागाईंले यातायात क्षेत्रमा रहेका समस्या एवम् समाधानको लागि गर्नुपर्ने प्रयासलगायतको बिषयमा जानकारी गराएका थिए । कार्यक्रममा नारायणी यातायात व्यवसायी संघका पूर्व अध्यक्षहरु, निर्माण व्यावसायी संघका अध्यक्ष आनन्दराम पराजुली, मकवानपुर उद्योग वाणिज्य संघका महासचिव महेन्द्र राउत लगायतको आतिथ्यता रहेको थियो । 
राज्यमन्त्री बानियाँ नारायणी यातायात व्यावसायी संघका सल्लाहकार समेत हुन् ।
Powered by Blogger.