पदमपोखरीमा राज्यमन्त्री बानियाँको स्वागत
हेटौंडा, २१ मंसिर/नेपाल तरुण दल तथा नेपाली काँग्रेस हेटौंडा १२ नम्वर वडाको संयुक्त आयोजनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँलाई स्वागत तथा सम्मान गरेको छ ।
मंगलबार एक कार्यक्रमको आयोजना गरी राज्यमन्त्री बानियाँलाई सम्मान गरेको हो । नेपाल तरुण दल १२ नम्वर वडाका सभापति कुमार पोखरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस हेटौंडा १२ नम्वर वडाका सभापति सीताराम पाख्रिनले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
हेटौंडा सिमेन्ट बोर्डका अध्यक्ष रघुरमण न्यौपाने, नेपाली काँग्रेस मकवानपुरका सचिव बुद्ध लामा, नेपाली काँग्रेस मकवानपुरका नगरका अध्यक्ष आनन्दराम पराजुली, नेपाल तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठक लगायतको आतिथ्यता रहेको कार्यक्रममा बोल्दै राज्य मन्त्री बानियाँले सबैको साथ र सहयोग भएमा ३ बर्षभित्रमा मकवानपुरको मुहार फेरिने बताए ।
विकास निर्माणको काम र मकवानपुरको विकासमा राजनीति नगर्न यहाँका राजनीतिक दलका नेताहरुलाई आग्रह गर्दै उनले सबैको ऐक्यबद्वता एवम् सहयोगले मात्र मकवानपुरको विकास सम्भव रहेको धारणा राखे ।

