Header Ads


लनटेनिसको पुरुष तर्फ शाही फाइनलमा

हेटौंडा, २१ मंसिर/मकवानपुरको सुपारेटारस्थित मध्यपृतना मुख्यालय हेटौंडामा जारी सामरी स्ल्याम राष्ट्रिय लनटेनिस प्रतियोगिताको सातौं संस्करणको पुरुषतर्फ फाइनलमा अनिल शाही प्रवेश गरेका छन् । 
पुरुष एकलतर्फको सेमिफाइनलमा पहिला सेट दावा शेर्पासँग ६–४ ले गुमाए पनि दोस्रो सेटमा खेल ५–४ को अवस्थामा रहँदा शेर्पाले रिटायर हर्ट दिँदा शाहीले फाइनल प्रवेशको अवसर प्राप्त गरेका थिए । खेलमा अग्रता भएपनि खुट्टाको मांसपेशीमा समस्या देखिएपछि शेर्पाले खेल विचमै छाडेका थिए । 
फाइनल प्रवेशका लागि पुरुष एकलतर्फ कमल भण्डारी र नविन मगरबीच प्रतिस्पर्धा हुने जानकारी दिइएको 
छ । लनटेनिस संघ मकवानपुर र नेपाली सेनाको मध्यपृतना मुख्यालय हेटौंडाको संयुक्त आयोजनामा मंगलबार सम्पन्न खेलमा विजयी हुँदै ३५, ४५ र फन डबल्सतर्फ अन्तिम चारमा प्रवेश गर्नेको पनि टुंगो लागेको छ । ३५ वर्षमाथिमा रोहित सुनुवारले याम गुरुङलाई ६–३ र ६–२, राजन पौडेलले सुकमान तामाङलाई ४–६, ६–४ र ७–६ को सेटमा पराजित गरेका थिए । 
सोही स्पर्धामा विकास गुरुङले माधव थापालाई ६–१ र ६–२ को सेटमा र ववि चन्दले कृष्णगोविन्द काशुललाई ६–१ र १–० (रिटायर हर्ट) को सेटमा पराजित गरेका थिए । ४५ वर्षमाथि उमेर समूहको खेलमा कृष्णराज घलेले विकास पाण्डेलाई ६–१ र ६–०, उत्तम बोगटीले निरञ्जन श्रेष्ठलाई ३–६, ७–५ र १०–२, विनोद गुरुङले राजु गुरुङलाई ६–२ र ६–२ तथा धरमसिं लामिछानेलाई हरि सिग्देलले वाकओभर दिएका थिए । 
फनडबल्सतर्फ बबी चन्द र नविन मगरले राजु गुरुङ र सुकमान तामाङलाई ८–१, दावा शेर्पा र विकास पाण्डेले आशोक खाँड र मनोज राणालाई ८–४, कमल भण्डारी र याम गुरुङले गोपी भट्टराई र विदुर बिष्टलाई ८–३ तथा गोविन्द कासुला र राजन पौडेलले भगवती विक र विनोद गुरुङलाई ८–३ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ७ महिलासहित ४७ खेलाडीले ६ विधामा प्रतिष्पर्धा गरिरहेको आयोजक संघ जिल्ला अध्यक्ष दीपेन्द्रचन्द ठकुरीले जानकारी 
दिए । 
प्रतियोगिताका प्रथम र द्वितीयलाई शिल्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार राशिको व्यवस्था गरिएको छ । तृतीय हुनेले मेडल र प्रमाणपत्र पाउने प्रतियोगिता संयोजकसमेत रहेका अध्यक्ष ठकुरीले जानकारी दिए ।
Powered by Blogger.