Header Ads


पुर्नस्थापनाका लागि नयाँ संस्था

हेटौंडा, २३ मंसिर/लागूऔषध दुव्र्यसनी न्यूनीकरण गर्ने उद्देश्यले हेटौंडामा नयाँ संस्था सिआन पुर्नस्थापन केन्द्र खोलिएको छ । पुर्नस्थापना सेवामा पहुँच बढाउन हेटौंडामा नयाँ संस्था खोलिएको केन्द्रले जनाएको छ । सौजन क्षेत्री डिसीको अध्यक्षतामा सिआन पुर्नस्थापना केन्द्र खोलिएको हो । संस्था २२ मंसिरमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा विधिवत रुपमा दर्ता भएको अध्यक्ष डिसीले बताए ।
केन्द्रमा संस्थापकहरुमा उपाध्यक्ष शम्भुसिं कार्की, सचिव तान्या अग्रवाल, कोषाध्यक्ष मन क्षेत्री र सहसचिब विजेन्द्र अग्रवाल रहेका छन् । त्यसैगरी सदस्यमा महेन्द्र क्षेत्री र प्रतिक्षा डिसी रहेका छन् भने कार्यक्रम संयोजकमा राजिव श्रेष्ठलाई चयन गरेको छ । लागूपदार्थको दुव्र्यसनीमा परेकाहरुको उपचार, परामर्श र पुर्नस्थापनामा संस्थाले कार्यक्रम संचालन गर्ने अध्यक्ष डिसीले बताए ।
विगत एकवर्षदेखि मकवानपुर रिकभरि· समूहको शाखाबाट सञ्चालनमा रहेको उक्त संस्था अहिले सिआन पुर्नस्थापन केन्द्रबाट सञ्चालनमा आएको हो । ४० जनालाई उपचार प्रदान गरिने क्षमता रहेको संस्थामा हाल २२ जनाले सेवा लिइरहेका संस्थाको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिए ।
Powered by Blogger.