चयन हुन सकेन शारदाको व्यवस्थापन समिति
हेटौंडा, २३ मंसिर/शारदा उच्च मावि आमभञ्ज्याङको नयाँ व्यवस्थापन समितिको चयन हुन सकेन ।
शिक्षा ऐनको आठौं संशोधन अनुसार नयाँ व्यवस्थापन समिति चयनको लागि बिहीबार भएको १८ औ अभिभावक भेलाले नयाँ समिति चयन गर्न नसकेको हो । आगामी पुष ३ गते नयाँ व्यवस्थापन समिति चयनका लागि छलफल गर्ने सहमति भएको छ ।
मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका उपनिर्देशक कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यता एवम् विद्यालय ब्यवस्थापन समिति अध्यक्ष बिष्णुप्रसाद दंगालको अध्यक्षतामा अभिभावक भेला भएको हो । भेलामा जिल्ला शिक्षा कार्यालय मकवानपुरका स्रोतब्यक्ति जनकराज पन्त तथा राडो नेपालका अध्यक्ष कृष्णप्रसाद धितालको विशेष आतिथ्यता रहेको थियो । प्राचार्य नीरबहादुर खड्काले विद्यालयको शैक्षिक, आर्थिक तथा भौतिक प्रगति प्रतिवेदन र लेखापाल रामजीप्रसाद हुमागाईंले आयब्यय विवरण पेस गरेका थिए । कार्यक्रममा छिमेकी विद्यालयका प्रधानाध्यापक शिवप्रसाद पाण्डे, राजुप्रसाद सञ्जेल, सुनिल गौतम, राजनीतिक दलका नेताहरु बिदुर हुमगाई, एटबहादुर बस्नेत, बलराम घिमिरे, यतिराज सापकोटा, हेल्थपोष्ट ईन्चार्ज नवराज सुवेदी लगायतको आतिथ्यता रहेको थियो ।