‘अन्य’ को नागरिकता पाउनुपर्ने समलिङ्गी/तेस्रोलिङ्गीको माग
हेटौंडा, २३ मंसिर/मकवानपुरमा रहेका यौनिक तथा लैङ्गीक अल्पसङ्ख्यक (समलिङ्गी÷तेस्रोलिङ्गी) हरुले अन्य लिङ्गको नामबाट नागरिकता पाउनुपर्ने माग गरेका छन् ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई भेटेर उनीहरुले पहिचानसहितको नागरिकता बनाइदिन माग गरेका हुन् । पुरुष वा महिलाको नामबाट नागरिकता लिएका समलिङ्गी तेस्रोलिङ्गीहरुले पहिचानसहितको नागरिकता नहुँदा विभिन्न समस्या खेप्नुपरेको भन्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीलाई भेटेर समस्याको बिषयमा जानकारी गराएका हुन् । बिहीबार निलहिरा समाज मकवानपुरका कार्यक्रम संयोजक सुरज थापा, फ्रेण्डस् हेटौंडाका अध्यक्ष कृष्णबहादुर थोकरसहित करिब १५ जना समलिङ्गी तेस्रोलिङ्गी प्रशासनमा पुगेका थिए । सुरज थापाका अनुसार मकवानपुरमा खुलेर आएका समलिङ्गी तेस्रोलिङ्गीहरु करिब २ सयको हाराहारीमा रहेका छन् भने यहाँ करिब ५ हजार समलिङ्गी तेस्रोलिङ्गी रहेका छन् । उनीहरुको समस्या सुनिसकेपश्चात प्रमुख जिल्ला अधिकारी दुवाडीले समलिङ्गी तेस्रोलिङ्गीको समस्या समाधानमा आफ्नो तर्फबाट सकारात्मक सहयोग रहने बताए ।
निर्देशिका अनुसार तेस्रोलिंगीको ठाउँमा अन्य भनेर नागरिकता दिने बिषय स्पष्ट भएपनि मन्त्रालयले ठोस निर्णय नपठाएको बताउँदै प्रमुख जिल्ला अधिकारी दुवाडीले यसको लागि मन्त्रालयलाई पत्र पठाएको बताए । ‘यसअघि पुरुष वा महिलाको नामबाट लिएको नागरिकतालाई अन्य भनेर नागरिकता दिनुपर्ने भन्ने माग देखियो’, उनले भने, ‘व्यवहारिक रुपमा उहाँहरुलाई समस्या परेको पनि बुझियो । यस समस्या समाधानको लागि मैले गर्नुपर्ने पहल र सहयोग हुनेछ ।’ यसअघि करिब ३ बर्ष अगाडि मकवानपुरबाट अजिता भुजेलले अन्यको नामबाट नागरिकता लिइसकेका छन् ।